जसो गरेनी केपी ओली अरुभन्दा एक कदम अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालमा प्रयोग गरेको थ्यौरीलाई परिमार्जनसहित लागू गरेपछि राजनीतिक निर्णयमा अरुभन्दा एक कदम अगाडि देखिनुभएको छ ।

आज दिउँसो १ बजेदेखि लागू हुने गरी सकाइएको संसदको हिउँदे अधिवेशन अन्त्यको अन्तर्य त्यसैको परिणाम भएको बताइन्छ ।

विगतमा प्रचण्डले पूर्वको हल्ला गरेर पश्चिमको र पश्चिमको भनेर पूर्वको प्रहरी चौकीमा आक्रमण गरेझैँ यसपटक प्रधानमन्त्री ओलीले सबैलाई एमसिसी र सर्वदलीय बैठकको गुमराहमा राखी आज संसद अधिवेशन अन्त्यको सिफारिश गर्नुभएको हो ।

अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज (एमसीसी) प्रस्ताव पारित गर्ने सन्दर्भ उल्लेख गरेर सर्वदलीय बैठक बोलाइएको पर्सिपल्ट संसद अधिवेशन अन्त्य गरिएको हो । यसबाट प्रधानमन्त्रीले अन्य राजनीतिक दल र तिनका नेताभन्दा आफू एक कदम अगाडि रहेको सन्देश दिनुभएको बताउन थालिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने सुईंको पाएपछि आज अकस्मात अधिवेशन अन्त्यको सिफारिश गर्नुभएको हो ।

तर,२५ प्रतिशत सांसदले विषय खुलाएर विशेष अधिवेशन माग गरेमा १५ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ । अविश्वास प्रस्ताव दर्ताको लागि अब विशेष अधिवेशनसमेत माग गर्नुपर्ने भएको छ ।

अर्कोतर्फ बैशाखको अन्तिमसम्ममा वर्षे अधिवेशन समेत बोलाउनुपर्ने हुन्छ । संविधानतः जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसको लागि कम्तिमा दुई साताअघि बैठक बोलाउने गरिएको छ । त्यसअघि बैशाखभरिमा आगामी बर्षको नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने हुन्छ ।

माधव नेपाल समूहलाई कडा कारबाही हुन्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताएका हुन् ।

कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उनले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’

नेपाल समूहले (माओवादी केन्द्रका अध्यक्ष) प्रचण्डको पाउमा एमाले पार्टी चढाउन खोजेको र कांग्रेस लगायत गैरकम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्छौं भन्दै हिँडेको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा दुई मुखे प्रवृत्ति रहेको आरोप लगाए । प्रचण्डमा एकातिर देशभक्तिको कुरा गर्ने र अर्कातिर राष्ट्रघाती काम गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । ‘एकातिर न्याय र सुशासनको कुरा गर्ने, तर अर्कातिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने ?,’ प्रधानमन्त्री ओलीले भने ।

प्रचण्ड र माधवकुमार नेपाललाई जनताले धूलो चटाउने ओलीले दाबी गरे । ‘केपी ओलीलाई घोक्र्याउँछु, धूलो चटाउँछु र भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धूलो चटाउनेछन् र भित्तामा टाँस्नेछन्,’ ओलीको भनाइ छ ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…