मन्त्री पदको सपथ खाएकैदिन निलम्बमा परे यी नेता

काठमाडौँ । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई स्पष्टीकरण सोधेका हुन् ।

उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्नेसमेत बताएका छन् ।

सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए ।

ओलीको राजनीतिक प्रतिवेदन : प्रचण्डको अवसरवाद र माधवको कुण्ठाले नेकपा सकियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि पनि पार्टी एक बनाउन तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको दावी गरेका छन् । तर, प्रचण्ड त्यसमा इमान्दार नबन्दा त्यो सम्भवना पनि टरेको उनको भनाइ छ ।

‘हाम्रो पार्टीको तर्फबाट प्रचण्डलाई यस सम्बन्धमा छलफल गर्न आग्रह पनि गरिएको थियो,’ एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको सोमबार बसेको पहिलो बैठकमा ओलीले पेस गरेको प्रतिवदेनमा भनिएको छ, ‘तर निर्धारित समयसीमाभित्र नेकपा एमाको रबैया र त्यसका कृयाकलापका कारणले पार्टी एकीकरणको सम्भावना रहेन ।’

अदालतको फैसलाबाट तीन वर्षदेखि जारी एकीकृत पार्टी निर्माणको एउटा प्रयास बीचैमा टुंगिएको उल्लेख गर्दै ओलीले त्यसअघि नै पार्टीमा समस्या उत्पन्न भइसकेको दावी प्रतिवेदनमा गरेका छन् ।

‘अदालतको फैसलाबाट तीन वर्षदेखि जारी एकीकृत पार्टी निर्माणको एउटा प्रयास बीचैमा टुंगिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अदालतले फैसलाभन्दा अगाडिदेखि नै गम्भीर संकट उत्पन्न भएर अधुरै रहेको एकीकरण प्रक्रियालाई अदालतको फैसलाले कानुनी हिसाबले अन्त्य गरिदिएको छ ।’

नेकपा निर्माण र यसको अन्त्यबारे समीक्षा गर्दै प्रतिवेदनमा ओलीले प्रचण्डको अवसरवादी र अस्थिर भूमिकाको कारण त्यो एकता असफल भएको आरोप लगाएका छन् ।

‘पछाडि फर्केर हेर्दा एउटा असल उद्देश्य र मनशायका साथ सुरु गरिएको पार्टी एकीकरण मूलतः सके कब्जा गर्ने नभए पार्टी विभाजन गर्ने प्रचण्डको अवसरवादी, विखण्डनकारी र अस्थिर भूमिकाका कारण असफल हुन पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

ओलीले माधव नेपाल लगायतका नेताहरु पनि पार्टी विभाजनको कारक रहेको उल्लेख गरेका छन् ।

उनको आरोप छ, ‘माधव नेपाल लगायत नेकपा एमालेका केही नेताहरूको कुण्ठापरस्त, निहित स्वार्थप्रेरित र गुटगत क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको छ ।’

यद्यपि, प्रतिवेदनमा आगामी दिनमा पनि एकताको प्रयास जारी राख्ने भनिएको छ ।

‘पार्टीले आगामी दिनमा पनि सबै पक्षसँग संवाद र छलफल गर्दै कम्युनिष्ट आन्दोलनलाई उचित एवं सही वैचारिक तथा संठनात्मक आधारमा एकताबद्ध बनाउने प्रयास निरन्तर जारी राख्नेछ,’ प्रतिवेदनमा भनिएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…