प्रचण्डलाई निकै महंगो बन्यो शंकर पोखरेल हटाउने खेल : लुम्बिनीबाटै सुरु भयो एमाले–जसपा सहकार्य

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउने खेल निकं महंगो सावित भएको छ । कांग्रेससँग मिलेर मुख्यमन्त्री पोखरेलबिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरी एमालेको माधव नेपाल समुहलाई फ्लोर क्रस गराउने प्रचण्डको सपनालाई केही घण्टामै मुख्यमन्त्री पोखरेलले तुहाइ दिनुभएको हो । प्रचण्डको यो खेलसँगै लुम्बिनीबाट एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सत्ता सहकार्य सुरु भएको छ ।

मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जनासहित जसपाका चार सांसदलाई थपेर आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । जसपाका सांसदहरुको पुरानो हस्ताक्षर सामेल गरी अबिश्वासको प्रस्ताव दर्ता गरेलगत्तै मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई मन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै पोखरेलले जसपालाई आफू नेतृत्वको सरकारमा सामेल गराउँदै प्रचण्डलाई दह्रो काउन्टर दिनुभएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ गराउनु भयो । सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराईएको हो ।

थपिएका मन्त्रीमध्ये भौतिक पूर्वाधारमा सन्तोष पाण्डे हुनुहुन्छ । यस्तै सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी थारुले आर्थिक मामिला तथा योजना मन्त्रालय साथै ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । उद्योगमन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषिमन्त्री आरती पौडेललाई उद्योग वन तथा वातावरण मन्त्री बनाइएको छ । त्यसैगरी कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएको छ ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई जवाफ दिन मुख्यमन्त्री पोखरेल फाल्ने अभियानसहित अबिश्वासको प्रस्ताव दर्ता गराउन लगाउनु भएको थियो । तर उहाँकै लागि यो खेल महंगो सावित भएको हो । प्रचण्डकै अभियानपछि लम्बिनीबाट एमाले र जसपाको सत्ता सहकार्य सुरु भएको हो । यस्ले केन्द्रमा समेत प्रभाव पर्ने देखिएको छ ।

भर्खरै प्रकाशित

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…