शंकर पोखरेलले गरे मन्त्रिमण्डल पुनर्गठन, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकालाई आजै सपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

सोमबार आफुविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केही बेरमै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरुलाई मन्त्रीमा समेटेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई जना मन्त्रीले सोमबारै राजीनामा गरेका थिए । माओवादीका कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले जसपाका सांसदलाई मन्त्री बनाएका हुन् ।

उनीहरुको चार बजे सपथ हुदैछ । जसपाका तर्फबाट सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेले मन्त्रीको सपथ लिदै छन् । विजय,सन्तोष र सुमनले अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका छन् ।

माधव नेपाल समूहलाई कारबाही गरिन्छ : ओली 

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतका नेताहरूलाई कारबाही गर्ने बताएका छन्।

माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेकाले उनीलगायतलाई कारबाहीको दायरामा ल्याइने बताए।

‘प्रचण्डको पाउमा एमाले पार्टी चढाउने। कांग्रेस लगायत गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउम हामी ‘फ्लोर क्रस’ गर्नेछौं। यो सरकार तुरून्त ढाल्नुपर्‍यो भन्ने रोदन गर्दै घरदैलो गर्न थालेका छन्। अराजक अस्थिर अत्यन्त घातक देशद्रोही कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरूद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ।’

केपी ओलीलाई घोक्राउँछु, धुलो चटाउँछु, भित्तामा टाँस्छौं भन्दै हिँड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले उनीहरूलाई धुलो चटाउने र भित्तामा टाँस्ने ओलीले बताए।

‘प्रचण्डको दुईमुखे प्रवृत्ति एक मुखले देशभक्तिको कुरा गर्ने, अर्कोतिर राष्ट्रघाती काम गर्ने एकातिर न्याय र सुशासनको कुरा गर्ने अर्कोतिर अपराधिक कर्म र भ्रष्टाचार गर्ने। माधव नेपालहरू संघीयता विरोधी अलोकतान्त्रिक अराजक अनुशासनहीन काम गर्ने समानान्तर कमिटी बनाउने र ‘फ्लोर क्रस’ गराउनेसम्मको अपराध गरेकाले इतिहासले कंलकको टीका प्रचण्ड र माधव नेपालहरूलाई लगाउनेछ।

केपी ओलीलाई घोक्राउँछु, धुलो चटाउँछु, भित्तामा टाँस्छौं भन्दै हिँड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले उनीहरूलाई धुलो चटाउनेछन् र भित्तामा टाँस्नेछन्।’ माधव नेपालहरू अर्काको पतिको लागि सति गैरहेको भन्दै उनले व्यंग्य कसे।

‘सति प्रथा अन्त्य भैसक्यो। त्यो प्रथा रहँदा पनि ती विचरा अबला नारीहरूलाई आफ्नो पतिको नाउमा सति पठाइन्थ्यो। तर आज माधव नेपालहरू अर्काको पतिको लागि सति गैरहेछन्। आफ्नो पार्टीको सरकार ढालेर अरूको सरकार बनाउन सासदहरूलाई फाँसी चडाउँदैछन् यो यिनको ऐतिहासिक अपराध हो।’

 

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…