लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई जसपाको साथ, आजै चार मन्त्री थपिदैँ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा चारजना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुनेभएका हुन् ।

माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको छ ।

लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरिरहेको छ ।
नियुक्त हुने मन्त्रीहरूको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागिसकेको छ । नवनियुक्त मन्त्रीहरूको आजै ४ बजे सपथ हुनसक्ने एक सांसदले बताए ।

आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउने सांसदलाई मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई मन्त्री बनाउने भएका छन्।

सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ता गरेका थिए।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रले पोखरेलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। माओवादी केन्द्रका दुई मन्त्रीहरूले राजीनामा दिएका थिए।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पोखरेलले नयाँ मन्त्री थप्न लगेका हुन्। उनीहरूको सपथ ४ बजे हुने बताइएको छ। अविश्वास प्रस्ताव दर्ता गरेको दुई घन्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन्।

माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन्। मन्त्रीहरूको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने स्रोतले दाबी गर्‍यो।

यीमध्ये कल्पना पाण्डेबाहेक अरू सबैले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। यी चार जना सांसदहरू तत्कालीन राष्ट्रिय जनता पार्टीका हुन्। केन्द्रमा पनि जसपा पार्टीभित्र केपी शर्मा ओली सरकारलाई लिएर दुई धार छन्। तत्कालीन राजपाका नेताहरू ओलीको पक्षमा छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षा नेताहरू ओली सरकारको विपक्षमा छन्।

केन्द्रमा सभामुखसँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य

काठमाडौं । सभामुखसँग सामान्य छलफल र परामर्श नै नगरी सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद विघटन फागुन ११ मा सर्वोच्चले पुर्नस्थापना गरेपछि फागुन २३ बाट प्रतिनिधि सभा बैठक बसेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमै सभामुख अग्नि सापकोटाको चर्को आलोचना गरेका थिए ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…