देशका धेरैजसो ठाउँको माैसम सफा : प्रदूषण र तुवाँलाे घट्याे, साँझपख पानी पर्न सक्ने

काठमाण्डाै । अहिले देशका धेरैजसो ठाउँको मौसम खुलेको छ ।

पहाडी भेगको केही ठाउँमा आंशिकदेखि समान्य बादल लागेको भए पनि धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि लगातार हावाहुरीसहित परेको पानीले आकाशमा लागेको तुवाँलो पनि हटेर गएको छ । केही दिनअघि तुवाँलोले पारदर्शितामा कमी आएको थियो ।

पानी पर्नुअघि प्रदूषण र तुवाँलोका कारण काठमाण्डौको त्रिभुवन विमानस्थल आसपासको भिजिबिलिटी एक हजार मिटरमा झरेको थियो । अहिले औसतमा ६ देखि ८ हजार मिटरमा पुगेको छ । हावाहुरी र वर्षासँगै धेरैजसो ठाउँको वायु प्रदूषण पनि केही सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वायु प्रदूषण मध्यम अवस्थामा रहेको वातावरण विभागले जनाएको छ ।

धनगढी र सिमरामा भने अहिले पनि वायु प्रदूषण अस्वस्थ अवस्थामा रहेको छ । अहिले मौसम सामान्यतया सफा रहेको भए पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा सामान्य पानी पर्ने मौसमविद्ले बताएका छन् । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण बेलुकीपख देशका मध्य र पूर्वी पहाडका विभिन्न ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

बाँकी ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रि-मनसुनको समय भएकोले पहाडी क्षेत्रमा दैनिकजसो बेलुकीपख बादल लागेर केही ठाउँमा सामान्य पानी पर्छ । यो हप्ताभरि नै बिहान र दिउँसो समान्यतया मौसम सफा भएर बेलुकीपख मौसम बादल लाग्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…