घाटामा भनिएको आयल निगमसँग बोनसका नाममा ३ अर्ब बढी रकम !

काठमाडौं । सँधै घाटा देखाउने आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । तर, कर्मचारीलाई बोनस उपलब्ध गराउने नाममा सात वटा आर्थिक वर्षदेखि नेपाल आयल निगममा ३ अर्ब ४७ करोड रुपैयाँ जम्मा रहेको छ ।

आयल निगम नाफामा गएको विभिन्न समयमा बोनस बापतको रकम छुट्याइएको हो । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ ।

यसअघि चैत २२ गते मूल्य बढाएको थियो । मूल्य बृद्धिसँग अब पेट्रोलको प्रतिलिटर १ सय २१ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ पुगेको छ ।

एकातिर निगम घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आइरहेको आयल निगमले नाफा भएको वर्षको बोनस रकम छुटाउदै आएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता आक्रोशित छन् ।

निगमले बोनस बापत छुट्याएको रकम र आर्थिक वर्षः

आर्थिक वर्ष – रकम

२०६५/६६ १९ करोड ८८ लाख ४६ हजार १ सय ३२
२०७१/७२ ९० करोड २५ लाख २८ हजार २ सय ७०
२०७२/७३ १ अर्ब २६ करोड १७ लाख ६१ हजार
२०७३/७४ ७७ करोड १२ लाख १३ हजार ५१
२०७४/७५ ४ करोड ७९ लाख ६३ हजार ८ सय ४५
२०७५/७६ ११ करोड ६७ लाख १७ हजार १ सय ७८
२०७६/७७ १७ करोड ४२ लाख ६९ हजार १ सय ४१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घाटामा गएको संस्थाले गैरकानूनी रूपमा बोनस रकम बाँडेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरी छानबिन थालेको थियो । आयल निगमले भने रकम छुट्याएपनि बोनस वितरण नगरिएको दाबी गरेको छ ।

मूल्य समायोजनका नाममा महिनामा २ पटकसम्म मूल्य वृद्धि गर्दै आइरहेको निगमले पछिल्लो पटकमात्रै अर्धमासिक रूपमा ८८ करोड ४ लाख रुपैयाँ घाटामा रहेको बताएको छ ।

तर, विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राख्नुपर्ने सरकारले यसतर्फ ध्यान दिन सकेको छैन ।

भर्खरै प्रकाशित

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता…

काठमाडौँ। नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।…

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…