ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत निर्णय गरेको भन्दै नेपाल समूहका नेताद्वय बेदुराम भुसाल र राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेका थिए ।

अहिलेको केपी ओलीको सबै संगठन अवैध छ, बैठक अवैध छ र निर्णय पनि अवैध छ । त्यो सबै खारेज हुनुपर्छ भनेर निर्वाचन आयोग गरेका छौं’ काभ्रेमा आफ्नो समूहको जिल्ला कमिटी घोषणा गर्दै नेता माधवकुमार नेपालले भने, ‘अब हेर्नु छ निर्वाचन आयोगले कानून बमोजिम काम गर्छ कि गर्दैन ?’

उनले अघि भने, ‘निर्वाचन आयोगले संवैधानिक निकायको मर्यादा अनुरुप काम गर्छ कि कार्यपालिका प्रमुख केपी शर्मा ओलीको को दबाबमा थरथर हुन्छ ? अब हेर्नु छ ।’

नेता नेपालले ओलीको ओरालो लाग्ने क्रम शुरु भइसकेको भन्दै नडराउन आयोगलाई आग्रह समेत गरे ।

पार्टी अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर २८ फागुनमा गरेको निर्णय अवैध भएको भन्दै नेपाल समूहले यसअघि पनि आयोगमा गएको थियो । तर आयोगले यसबारे कुनै निर्णय नगर्दै नेपाल समूहले अर्को निवेदन दिएको छ ।

राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि साथीहरुले उसलाई सिध्याइदिए

नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा अरुको राजनीतिक भविष्य सिध्याइदिने धम्की दिनेकै बिजोग भएको बताएका छन् ।

आइतबार काभ्रेमा समानान्तर कमिटी घोषणा कार्यक्रममा नेता नेपालले फ्लोर क्रसको बचाउ गरेका हुन् । ‘प्रदेशको प्रमुख म हुँ, म मुख्यमन्त्री बन्दैछु । मैले भनेको नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि साथीहरुले मर्ता क्या नहीँ कर्ता उसलाई सिध्याइदिए’ उनले अघि भने, ‘अब उनको बिजोग भएको छ ।’

शुक्रबार कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । नेकपा एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मत दिन ह्वीप लगाए पनि सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए ।

केपी ओलीको दम्भले पहिलो धक्का भने नेपाल पत्रकार महासंघको निर्वाचनमा खाएको उनले बताए । आफू निकट मानिसलाई एउटा सिट पनि नदिने भनेपछि ११ वटा संगठन मिलेको भन्दै उनले भने, ‘अहिले जुन केन्द्रीय कमिटी गठन भयो, जसमा केपी ओलीका मान्छे टर्च बालेर खोज्नुपर्ने गरी धूलो भएका छन् ।’

पार्टी अध्यक्ष ओली एकलौटी रुपमा अगाडि बढेको र पार्टीमा छलफल गर्न नचाहेको नेता नेपालले बताए । ‘अहिले पनि हाम्रो बीचमा छलफल गर्नु छैन । अर्को पार्टीसँग गर्नुछ, विदेशीसँग गर्नुछ । किनभने उनलाई पार्टी र आन्दोलन होइन, आदेश पालक चाहिएको छ ।’

सम्बोधनका क्रममा नेता नेपालले आफूहरुको लडाईं ओलीविरुद्ध नभई ओली प्रवृत्तिविरुद्ध भएको बताए ।

ओली सुध्रिने हो भने मिलेर जान सकिने भन्दै उनले भने, ‘केपी कमरेड, अझै पनि सुध्रिनुस् । कलंकको टीका लगाएर कुपात्रमा दर्ज नहुनुस् । अहिले पनि २०७५ जेठ २ को संगठनात्मक संरचनालाई स्वीकार गर्नुस्, मिलेर जाऊँ ।’ तर आफू अल्पमतमा पर्ने भएपछि ओली जेठ २ मा फर्किन नमानेको उनले बताए ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…