प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ : जसपा र माओवादी

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी राजधानीको लागि प्रस्ताव दर्ता गरिएको छ ।

जसको लागि जनता समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव दर्ता गराएको हो । प्रदेश सभा सचिवालयमा आईतबार गराएको प्रस्ताव दर्तामा मधेश प्रदेश र राजधानी जनकपुरको केन्द्रीत गरिएको छ ।

प्रदेश नम्बर २ को नामकरण र स्थायी राजधानीका लागि दलहरुले दुई–दुई वटा प्रस्ताव दर्ता गराएका छन् । आईतबार दर्ता गराएको सो प्रस्ताव गत २०७६ मा पनि गरिएको थियो ।

नामकरणका लागि जसपाका प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको छन् ।

त्यसैगरी राजधानीका लागि जसपाका प्रदेशसभा सदस्य परमेश्‍वर साह र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको जनाइएको छ ।

दुवै दलका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।

जसपाका तर्फबाट राजधानी ‘जनकपुरधाम’ को सवालमा परमेश्‍वर साहको प्रस्तावमा प्रदेशसभा सदस्यहरु चमेली देवी दास, सञ्च माया मोक्तान र मीरा कुमारी साहले समर्थन जनाएका छन् भने नामकरण ‘मधेश’ प्रदेशको सवालमा शैलेन्द्र कुमार यादवको प्रस्तावमा प्रदेशसभा सदस्यहरु रानी कुमारी तिवारी र बबिता कुमारीले समर्थन जनाएका छन्।

यसअघि विसं २०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । त्यतिबेला दलहरुबीच राजधानी र प्रदेशको नाममा भाँडभैलो भएपछि असफल भएको थियो ।

प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो । तर नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरू मध्ये कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत आउन सकेको थिएन ।

त्यस्तै, नेकपा माओवादी केन्द्रको तर्फबाट राजधानी ‘जनकपुरधाम’ र नामकरण ‘मधेश’ प्रदेशको सवालमा संसदीय दलका नेता भरत प्रसाद साहले दर्ता गराएको प्रस्तावमा प्रदेशसभा सदस्यहरु जगत प्रसाद यादव र दिलीप कुमार साहले समर्थन जनाएका छन्।

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको थियो । प्रदेशसभाले बैशाख २ गते प्रदेशको नाम र राजधानीका लागि बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामाकरण प्रदेशसभाको दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ।

त्यस्तै, राजधानीका लागि सवालमा नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशसभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतले नै पारित गर्नुपर्छ।

यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो ।

नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन नेकपाले प्रदेशको नाम जानकी प्रस्ताव गरेको थियो ।

प्रदेशसभामा २०७६ चैत्त ४ गतेमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ६० मत मात्रै खसेको थियो । नाम टुंगो लगाउन १२ मत अपुग भएपछि मधेश प्रदेशको प्रस्ताव अस्वीकृत भयो ।

प्रदेश २ को लागि जम्मा चार नाम प्रस्ताव गरिएकामा तीन नाम यसअघि अस्वीकृत भइसकेको थियो । अन्त्यमा भएको मधेश प्रदेशको लागि मतदानमा आवश्यक मत नपुग्दा प्रदेशको नामाकरणको विषय टुंगो लाग्न सकेन ।

अबेर रातीसम्म भोटिँग हुँदा पनि बहुमत पुग्न नसक्दा प्रदेशको नाम र राजधानीको टुँगो लाग्न सकेको थिएनन् । प्रदेशको नाम र राजधानी ३ बर्ष बढी भईसक्दा पनि टुँगो लगाउन नसक्दा प्रदेश सरकारको चर्को आलोचना भइरहेको छ ।

यता, प्रदेश नम्बर २ मा जसपा नेतृत्वको सरकार तथा तत्कालिन संघीय समाजवादी पार्टी नेपालले विभिन्न ठाउँमा राखेको नेपालको नक्सामा प्रदेश २ को आठ जिल्लालाई मधेश प्रदेश भनेर उल्लेख गरिसकेको छ ।

मधेश प्रदेश र राजधानी जनकपुर विशेष जोड दिएका दलहरुले बहुमत पुरयाउन सके प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर हुने सम्भावना बढी छ । यता, मध्य मधेश, जानकी प्रदेशमा पनि दलहरुले प्रस्ताव गरिएपनि बहुमत पुग्ने सम्भावना कम देखिएको छ । साभार : न्यूज ब्यूरो

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…