विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता अनिवार्य रूपमा ल्याउनुपर्ने नियम बनाइएको हो । अब उनीहरूले जन्ममिति प्रमाणित भएको कागजात हेरेर मात्र लगन जुराउन पाउनेछन् ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित बाल विवाहविरुद्धको कार्यक्रममा सरोकारवालाहरूले विवाहका लागि जन्मदर्ता र नागरिकता अनिवार्य गर्ने निर्णय गरेका हुन् । कार्यक्रममा व्यानर लेख्ने, विवाहको कार्ड छाप्नेहरूका लागि पनि नियम बनाइएको छ ।

उनीहरूले पनि विवाह गर्ने केटा र केटीको जन्मदर्ताको कागज हेेरेर मात्र व्यानर वा कार्ड छाप्न पाउनेछन् । प्रहरीले बढ्दो बालविवाह रोक्नका लागि विवाहका लागि मुख्य सरोकारवालालाई सचेत गराएको छ ।

पुरोहित, पुजारी, पास्टर, छापाखाना सञ्चालकलगायतसँग सामूहिक छलफल गरी उनीहरूलाई बालविवाहविरुद्ध प्रतिबद्ध गराइएको जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए । ‘बालविवाह, बहुविवाह र सामाजिक अपराध रोक्न पुरोहित, पास्टर र छापाखाना सञ्चालकको भूमिका पनि महत्त्वपूर्ण छ,’ उनले भने, ‘उहाँहरूले विवाहपूर्वका कामका लागि जन्मदर्ता वा नागरिकता अनिवार्य हेर्ने प्रतिबद्धता गर्नुभएको छ ।’ उनका अनुसार पुरोहित, पुजारी, पास्टर र अन्य सरोकारवालाले बालविवाह, बहुविवाह रोकथामका लागि विभिन्न ५ बुँदामा सहमति गरेका छन् ।

पुरोहित झक्कुप्रसाद उपाध्यायले विवाहका लागि गरिने सम्पूर्ण काम कानुनविपरीत नहुने गरी सहमति गरिएको बताए । ‘बालविवाह विरुद्धको अभियानमा सबैले साझा सहमति गरेका छौं,’ उनले भने, ‘हाम्रो सानो प्रयासले पनि बालविवाह रोक्न भूमिका खेल्नेछ ।’ उनले आगामी दिनमा विवाहका लागि लगन हेर्नुपूर्व महिला र पुरुषको जन्मदर्ता हेरी कानुनबमोजिम उमेर पुगे/नपुगेको यकिन गरिने बताए ।

प्रहरीले सरोकारवालासँग छलफल गरी बालविवाह न्यूनीकरण गर्न जिल्लाव्यापी अभियान चलाउने निर्णय गरेको छ । अभियानअनुसार बालविवाह, बहुविवाहजस्ता फौजदारी कसुरहरू भए सामाजिक बहिष्कार गर्ने निर्णय गरिएको छ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…