दिवेश पोखरेल फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ । अमेरिकन आइडलको १८ औं सिजनमा उपविजेता बनेका नेपाली गायक दिवेश पोखरेल फेरि आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइडलले गत वर्षका १० गायक/गायिकालाई प्रतिस्पर्धाका लागि निम्तो दिएसँगै स्टेज नाम अर्थर गनले चिनिने पोखरेलसहित ९ जनाले अप्रिल १९ मा प्रशारण हुने कार्यक्रमका लागि प्रतिस्पर्धा गर्नेछन् ।

‘कमब्याक प्रतिस्पर्धी’हरुमा जसले बढी भोट पाउनेछन् त्यसले नै यो सिजनको शीर्ष १० मा प्रवेश पाउने बिलबोर्डले उल्लेख गरेको छ । आगामी अप्रिल १९ मा प्रशारण हुने आइडलमा यी १० प्रतिस्पर्धीहरुले स्टेजमा आफ्नो प्रस्तुति दिनेछन् । यसअघि कोभिड महामारीका कारण यी प्रतिस्पर्धीहरुले घरबाटै आफ्नो प्रस्तुति दिएका थिए ।

दिवेशसँगै फेथ बेक्नेल, फ्र्यांकलिन बुन, ड्वाने क्रकर जुनियर, सिनाय एलिस, आलियाना जेस्टर, लुइस नाइट, निक मेरिको, मिकेल फिलिप्स, ओलिभिया जेमिनिसले अमेरिकन आइडल जित्ने दोस्रो मौका पाएका छन् । कमब्याक प्रतिस्पर्धीको घोषणा भएसँगै गायक पोखरेल सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भोट माग्न सुरु गरिसकेका छन् । ‘तपाईंहरुलाई थाहै छ यो अप्रिल १९ मा कमब्याक प्रस्तुति हुनेछ ।

सोमबार प्रशारण हुने कार्यक्रम हेरेर तपाईंको मनपर्ने प्रतिस्पर्धीलाई भोट दिनुहोस् जसलाई तपाईं शीर्ष १० मा देख्न चाहनुहुन्छ,’ अर्थरले इन्स्टाग्राममा लेखेका छन् ।

कमब्याक प्रतिस्पर्धीको घोषणा भएसँगै धेरैले यसलाई दिवेशका लागि अमेरिकन आइडल जित्ने दोस्रो मौकाका रुपमा चर्चा गर्न थालेका छन् । गत वर्ष दिवेशलाई धेरैले आइडलका विजेताको दाबेदारका रुपमा व्याख्या गरेका थिए । तर त्यो वर्ष धेरै भोट पाएर जस्ट स्याम विजेता भएकी थिइन् । के दिवेशले यो वर्ष अमेरिकन आइडलको उपाधि जित्लान् त ? उनको आगामी प्रतिस्पर्धाले नै देखाउनेछ ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…