डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द, राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने

काठमाडौं । शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले डान्सबार र दोहोरी साँझ पूर्ण रुपमा बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । सिंहदरबारमा बसेको बैठकले दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि सरकारले डान्सबार र दोहोरी साँझ अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्ण रुपमा बन्द गर्नुपर्ने सीसीएमसीले सिफारिस गरेको छ ।

डान्सबार र दोहोरी साँझ पूर्ण रुपमा बन्देजसँगै रेष्टुरेन्टतर्फ पनि सीसीएमसीले कडा सुरक्षा मापदण्ड तयार पारेको छ । शनिबार सीसीएमसीको बैठकले सिफारिस गरेअनुसार अब राति १० बजेपछि रेष्टुरेन्ट बन्द गरिसक्नुपर्नेछ ।

यसअघि स्वास्थ्य मन्त्रालयले चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो । यहीँबमोजिम सीसीमएसीले शनिबार निर्णयसँगै मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

बैठकले डान्सबार र दोहोरी साँझ र रेष्टुरेन्ट बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेसँगै मन्त्रिपरिषद्को बैठकले यसको अन्तिम निर्णय गर्नेछ ।

पर्सामा शनिबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा शनिबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. सरोज रोशन दासले जानकारी दिएका छन् ।

उनका अनुसार ९० जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ३९ जना पर्साका र ६ जना बाराका रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा २६ जना पुरुष र १९ जना महिला रहेका छन् भने उनीहरुको उमेर समूह ६ देखि ८२ वर्षसम्म रहेको डा. दासले बताए ।

संक्रमितहरुको सिटी भ्यालु १४.६ देखि ३५ रहेको छ । शनिबार थपिएका संक्रमितसँगै पर्सामा ३ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ हजार १ सय ९९ जना संक्रमितहरु निको भइसकेका छन् ।

यसैगरि पर्सा जिल्लामा हालसम्म कोरोनाबाट ५८ जनाको मृत्यु भइसकेको छ भने १६४ जना होम आइसोलेशनमा रहेका छन् ।

१४ जनाको भने नारायणी अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । होम आइसोलेशनमा बस्नेहरुमध्ये १ सय पुरुष र ६४ जना महिला रहेका छन् ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…