शान्ता चौधरीको चेतावनी : माधव नेपालको विधि पद्धतिसँग एमाले मूकदर्शक बन्दैन

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा सचेतक शान्ता चौधरीले माधव नेपाल पक्षलाई जहाँ प्रेम छ त्यहिँ बसेर सघाउन सुझाव दिएकी छन् । उनले एमाले हौं भनेर एमालेको घर भाँड्ने छुट नभएको समेत प्रष्ट पारेकी छन् ।

चौधरीले माधव नेपालको विधि र पद्धतिले एकता होइन विभाजनको माग गरेको भन्दै हिजो नेकपा हुँदा पनि पार्टी अध्यक्षलाई धेरैपटक कारवाही गरेको र अहिले एमाले भएपछि पनि विधि पद्धतिका नाममा समानान्तर गतिबिधि गरिरहेको आरोप लगाएकी छन् ।

चौधरी पनि तत्कालिन नेकपामा प्रचण्ड-माधव पक्षको कारवाहीमा परेकी थिइन् । उनले माधव नेपालको विधि पद्धतिसँग नेकपा एमाले कर्णाली प्रकरणपछि अब मूकदर्शक बनेर नबस्ने चेतावनी दिएकी छन् ।

चौधरीले आफ्नो वक्तव्यमा भनेकी छन् -हिजो नेकपा हुँदा पनि तपाईको पद्धतिले सूर्य चिन्ह छिटो हामीलाई दे भनेर निर्वाचन आयोगतिर फर्केर चिच्याउँदै थियो । पार्टीको अध्यक्षलाई तपाईको पद्धतिले धेरै पटक कारवाही गरेको थियो ।

अब तपाईको बिधी पद्धतिसँग नेकपा एमाले सिंगो पार्टी मूकदर्शक बन्दैन । तपाईले जनताको प्यारो पार्टी लाख प्रयत्न गरे पनि हराउन सक्नुहुन्न । अन्ततोगत्वा तपाईको अनुचित विधी र पद्धतिले हार्नेछ । जहाँ प्रेम छ त्यहीँ बसेर हो सघाउने,घर भाँड्न तपाईलाई छुट छैन कमरेड ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…