तत्काल सीमा नाका बन्द गरेर सेना परिचालन गरौँ : डा. दीक्षित

नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सीमा नाका बन्द गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसीयू बेड छैनन्, अक्सिजन छैन ।

भेन्टिलेटर त छँदैछैन । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निर्क्यौल गर्नुपर्छ । सीमा नाकाहरु तुरुन्तै बन्द गर्नुपर्छ । र, सीमाको व्यवस्थापनमा अब नेपाली सेनालाई खटाउनुपर्छ । त्यहाँ सिभिलियनले अब नियन्त्रण गर्न सक्दैनन् । काठमाडौं उपत्यकाको नाका पनि तत्काल बन्द गर्नुपर्छ । कडाई गर्नुपर्छ ।’

उनले आईसोलेशन र क्वारेन्टिनको व्यवस्था पनि पनि प्रभावकारी रुपमा गर्नुपर्ने बताए । उनले जनता अहिले असाध्यै सतर्क हुनुपर्नेमा जोड दिँदै भने,‘अहिले जात्रा र पर्व मनाउने बेला होइन् । धर्म, संस्कृति र परम्परा बचाउनको लागि जात्रा नगरौं । मान्छे नै बचेनन् भने धर्म, संस्कृति कसरी बच्छ ? हामीले दुवै कुरालाई मिलाएर जानुपर्छ ।’

उनले अहिले आफूहरुले (नागरिक) ले के गर्ने र सरकारले के गर्ने ? भन्नेबारे भूमिका र जिम्मेवारी निर्धारण हुनुपर्ने पनि सुनाए । उनले भने,‘अहिले कोरोनाको यस्तो जोखिम बढेको छ । तर, हामी जनताले असाध्यै यसलाई बेवास्ता गरेका छौं ।

जुन देशमा जनताले बेवास्ता गरेका छन्, त्यहाँ कोरोनाको अवस्था भयावह छ, तर जुन देशमा जनता अनुशासित भएका छन्, ती देशमा कोरोना नियन्त्रण भएको छ । त्यसैले हामी नेपालीहरुले पनि लापरवाही गर्नुहुँदैन ।’

उनले नेपालका राजनीतिक दल र यसका नेताहरुलाई अहिले कोरोनाको जोखिमको समयमा भीडभाड गर्न नहुने कुरा थाहा हुँदाहुँदै पनि जनताको वास्ता नगरी खाली आफ्नो स्वार्थको लागि अघि बढेको आरोप लगाएका छन् । उनले भने,‘नेताहरुले अहिले तिमी जनता मरे मर, तर हामीलाई माथि पुर्याईदेउ भन्ने मात्रै ध्यान छ ।’ उनले पब्लिक पनि अब एकदमै सचेत हुनुपर्नेमा जोड दिए ।

उनले नेपालमा कोभिडविरुद्धको खोपपनि पर्याप्त मात्रामा नभएको अवस्था सुनाए । उनले भने,‘भारतले पनि दिन सकेको छैन् । अरु देशले पनि दिन सकिरहेका छैनन् । नेपाल सरकारले अब जहाँबाट भएपनि किनेर ल्याउनुपर्छ । सबै जनतालाई खोपको व्यवस्था गर्नुपर्छ ।’

उनले कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो पोखे । उनले भने,‘अहिले शिक्षा र स्वास्थ्य मन्त्रालयबीच नै अन्तरविरोध छ, यो बेलामा उनीहरुबीच समन्वयकारी हुनुपर्दथ्यो । यो मिलाउने काम क्याविनेटको हो । यसमा प्रधानमन्त्रीले तत्काल साझा निर्णय गर्न निर्देशन दिनुपर्छ ।’ उनले अब परीक्षणको दायरा बढाउनुपर्ने, भेन्टिलेटर, अक्सिजन, आईसियुको उचित व्यवस्थापन गर्नुपर्ने पनि भनाई राखे ।

डा. दीक्षितले अहिले जुन जुन विद्यालयमा संक्रमणको जोखिम छ, ती विद्यालयहरु तत्काल बन्द गर्नुपर्ने बताए । र, पठनपाठन भने वैकल्पिक माध्यमबाट सुचारु गर्नुपर्नेमा उनले जोड दिए । उनले विज्ञहरुको सल्लाह र सुझावअनुसार विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णयमा पुग्नुपर्ने बताए ।

उनले अब कोरोनाको यो दोस्रो लहरलाई कसरी सामना गर्ने भन्नेबारे नेपाल सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने माग गरे । उनले अब जनता सेल्फ लकडाउनमा बस्नुपर्ने र अनुशासित हुनुपर्ने पनि सुझाव दिए ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…