बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव रिहा

वीरगञ्ज । भारतको बहुचर्चित चारा घोटाला मुद्दामा जेल परेका बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालुप्रसाद यादव धरौटीमा रिहा हुने भएका छन् ।

झारखण्ड उच्च अदालतका न्यायाधीश अपरेशकुमार सिंहको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

कोषको रकम हिनामिना गरेको छुट्टाछुट्टै चार मुद्दामा उनलाई जेल चलान गरिएको थियो । यसअघि नै उनीमाथिका तीनवटा मुद्दामा धरौटीमा रिहा गर्न अदालतबाट आदेश भइसकेको छ ।

लालु यादव अहिले दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत छन् । जनवरीको दोस्रो साता फोक्सोमा भएको संक्रमणका कारण स्वास्थ्य बिग्रिएपछि उनलाई राँचीस्थित रिम्समा उपचारका लागि लगिएको थियो ।

त्यहाँ उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि जेल प्रशासनले उनलाई थप उपचारका लागि एम्समा पठाउने निर्णय गरेका थिए । त्यसपछि अहिलेसम्म एम्समा उनी चिकित्सकीय निगरानीमा रहेका छन् ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…