बैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालयहरु आगामी बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै सरकारलाई सिफारिस गरेको जनाइएको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको जनाइएको छ ।

सीसीएमसीको निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । केही दिनअघि मन्त्रालयले विद्यालय बन्द गर्न सुझाव दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले पनि कोरोना संक्रमण देखिएका विद्यालयहरु एक हप्ताका लागि बन्द गर्न निर्देशन दिइसकेको छ ।

साथै, पछिल्लो समय उपत्यका तथा सहरी क्षेत्रमा रहेका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको मन्त्रालयले जनाएको छ । साथै, विद्यालय बन्द गरेर कोरोना संक्रमण रोकथाम गर्ने विषयमा शनिबारको बैठकले आगामी बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले यसअघि नै १४ जिल्लाका विद्यालयमा नजान आग्रह गरिसकेको छ ।

 

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…