सर्वदलीय बैठकमा सभामुखमाथि प्रधानमन्त्री ओली एकहोरो खनिएपछि

प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् ।संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे ।

बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए । ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्यो’, डा लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने,‘ यसको निकाश कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो । ’

बैठकमा आफूले राजनीतिक विकास खोजेर कोरोना नियन्त्रण लगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएको डा लोहनीले बताए । बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेका थिए ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा छलफल गरेका तीन एजेन्डा

सर्वदलीय बैठकमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन वटा एजेन्डामा छलफल भएको बताए। उनका अनुसार अमेरिकी सहयोग परियोजना (एमसीसी), सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र कोरोनाभाइरस (कोभिड–१९) बारे छलफल भएको हाे।

सभामुख सापकोटाले अराजक र अनैतिक ढंगले एमसीसी रोकेर राखेको प्रधानमन्त्रीको गुनासो थियो। बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने, “पारित गर्ने/नगर्ने संसदको कुरा हो, सभामुखलाई एमसीसी रोकेर राख्ने तजबिजी अधिकार छैन।”

एमसीसी संशोधन गरेर भए पनि पारित गर्नुपर्ने कांग्रेस नेता पौडेलको धारणा थियो। “सभामुखलाई बिजनेस दिने काम सरकारको हो, त्यसकारण कार्यव्यवस्था परामर्श समितिमा सरकारले एमसीसी प्रस्तुत गरोस्,” पौडेलले भने, “एमसीसी सम्झौता कांग्रेसकै पालामा भएको हो।”

कोभिड–१९ को विषयमा प्रधानमन्त्री ओलीले सुझाव मागेको र त्यसमा सबै दलले आ-आफ्नो धारणा राखेको बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिए।

नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलगायत भने बैठकमा सहभागी थिएनन्। जसपाको तर्फबाट पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता लक्ष्मणलाल कर्णलगायत सहभागी थिए।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…