सर्वदलिए वैठकमा एमसीसी पास गर्न जोड्दार माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे संसदमा छलफल गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसले संसदलाई बिजनेश दिएर प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सर्वदलीय बैठकमा कांग्रेसले एमसीसी अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।

‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीज्यूले एमसीसी कसरी पास गर्ने भन्ने कुरा गर्नुभयो । कांग्रेसको सरकारले हस्ताक्षर गरेको एमसीसीको बारेमा हामी प्रस्ट छौं, आपत्तिजनक केही छ भने हेरौं, सदनमा छलफल गरौं भनेर कुरा राख्यौं,’ बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्ने प्रस्ताव गरेका थिए । ‘उपनिर्वाचन पनि गरौं, प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन किन रोकिएको छ त्यो पनि गरौं भन्यौं,’ पौडेलले भने ।

कांग्रेसले रोकथामका अन्य उपाय अपनाउनुपर्ने भन्दै लकडाउन नगर्न सरकारलाई सुझाव दिएको छ । सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरू भने सहभागी भएका थिएनन् ।

 

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…