मेलम्चीको पाइपलाइन बिछ्याइएको सडकमा पानीका ट्यांकर भासिए

मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन भएको ठाउँमा पानीका ट्यांकर भासिएका छन्। कमजोर बनावटका कारण लोड धान्न नसकेर ललितपुर सातदोबाटोभित्र दुई वटा ट्यांकर भासिएका हुन्।

युनाइटेड बोर्डिङनजिकै शनिबार दिउँसो एउटा ट्यांकर भासियो। त्यसलाई उद्धार गर्ने भनी गएको अर्को ट्यांकर पनि भासिएको बताइएको छ। सुरूमा वाटर सप्लायर्सको बा३ख ७५७ नम्बरको ट्यांकर सुरूमा भासिएको थियो।

त्यो भासिएको ट्यांकर उद्धार गर्न फुल्चोकी पानी सप्लायर्सको बा३ख ७७२९ नम्बरको ट्यांकर हिँड्यो। ‘चिनजानको भएकाले भाइले मलाई ट्यांकी निकाल्न मद्दत मागेपछि गएको थिएँ,’ फुल्चोकी पानी सप्लायर्सका चालक राजकुमार तामाङले भने, ‘उसको ट्यांकर भासिएको ठाउँ पुग्न लाग्दा मेरो पनि भासियो।’

तामाङको ट्यांकर भने शुक्रबार राति निकालियो। वाटर सप्लायर्सको ट्यांकर भने शनिबार बिहान मात्र निकालिएको छ। ‘माथिमाथि मात्र पुरेको रहेछ, भित्र त ह्वाङ्ङै,’ तामाङले भने, ‘पर्नु दु:ख पर्‍यो।’

तर, दुबै चालकले मेलम्ची खानेपानीको पाइपलाइनको काम हेरिरहेका आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई जानकारी गराएनन्।

‘हामीलाई कसरी ट्यांकर निकालौं भन्ने थियो,’ तामाङले भने,‘हुन चाहिँ मेलम्ची खानेपानीकै पाइपलाइनमा ट्यांकर भासिएका हुन्।’

दुई वटै ट्यांकर मर्मतका लागि ग्यारेज पठाइएका छन्। राजधानीमा मेलम्ची खानेपानी आयोजनाको नयाँ र पुरानो पाइपलाइन केयुकेएलको छ। यो कुन चाहिँ पाइपलाइन हो भन्ने यकिन हुन सकेको छैन।

निर्देशनालयले त्यहाँ आफ्नो मुख्य पाइपलाइन रहेको बतायो। ‘हाम्रो मुख्य पाइपलाइन त्यहाँ छ, कुन चाहिँमा भासिएको हो, जानकारी भइसकेको छैन,’ निर्देशनालयका सूचना अधिकृत उज्जवल प्रजापतिले भने।

सडक विभागलाई पनि ट्यांकर भासिएको जानकारी छैन। ‘हामीले अहिलेसम्म थाहा पाएका छैनौं,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…