ताप्लेजुङमा असिनाले बाली नष्ट

ताप्लेजुङ – ताप्लेजुङमा पानीसँगै परेको असिनाले आलुलगायतका बाली नष्ट गरेकाे छ । शुक्रवार दिउँसाे परेकाे असिना पानीले आलुकाे पकेट क्षेत्र मानिएको फुङलिङ नगरपालिका ९ बुङकुलुङ क्षेत्रमा आलुलगायतका बली नष्ट भएकाे स्थानीयवासी पासाङरीता शेर्पाले बताउनुभयो ।

झण्डै आधा घण्टा जति परेकाे असिना पानीले गाेडेर ठिक्क पारेर अब फल्छ कि भन्ने भएकाे आलुलाई
नष्ट गरेकाे उहाँले बताउनुभयो ।

शेर्पाले आउँदाे वर्षका लागि बिउसमेत नहुने बताउनुभयो । उहाँले भन्नुभयो, तरकारी बेचेर गुजारा गर्ने बुङकुलुङ गाउँलाई अनिकाल हुने डर छ । फुङलिङ बजारमा लगेर बेच्ने आलु, बन्दाकोपी, फूलकोपीलगायतका तरकारी पूर्णरूपमा असिनाले नष्ट गरेपछि गाउँ नै चिन्तामा छ ।

असिना पानीले पाकेर काट्ने बेला भएको गहुँ, जौ झारेकाे समेत उहाँले जानकारी दिनुभयो । बुङकुलुङ क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु बल्कको रूपमा लिएर आलुकाे बिउसमेत उत्पादन गरिँदै आएको थियो । त्यस क्षेत्रमा रहेको झण्डै सय परिवारको आलुलगायतका बाली नष्ट भएकाे किसान पासाङरीता शेर्पाले बताउनुभयो ।

असिना पानीले फुङलिङ नगरपालिका १० फुरुम्बुमा पनि क्षति गरेको छ । अहिलेसम्म जिल्लाका कुन–कुन ठाउँमा असिना परेकाे र कति क्षति भएकाे भन्नेबारेमा थाहा भइसकेकाे छैन ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…