दलीय प्रक्रिया उल्लंघन भएपछि माधव नेपालको राजनीतिक स्थान समाप्त भयो : बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले कर्णाली प्रदेशमा संसदीय दलको ह्विप उल्लंघन भएपछि ‘माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको’ बताएका छन् ।

शुक्रबार राति ट्विटरमार्फत पूर्व सञ्चारमन्त्री समेत रहेका नेता बाँस्कोटाले अब नेता नेपालले माओवादीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन र अविश्वासको प्रस्ताल राख्न लगाउनमात्र बाँकी रहेको बताएका छन् ।

“कर्णालीमा दलीय प्रक्रियाको लक्ष्मणरेखा उल्लंघन गरेपछि अब माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भयो,” उनले लेखेका छन्,“अब उनको एउटा काम बाँकी छ, त्यो हो– माओवादीलाई समर्थन झिक्न र अविश्वास प्रस्ताव एकसाथ राख्न लाउने, त्यसपछि कारबाही खाने बाटा लाग्ने ।”

शुक्रबार संसदीय दलको ह्विपविपरीत कर्णाली प्रदेशका चार जना एमाले सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरूले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीकाे सरकार जोगिएको हो ।केपी शर्मा ओली र माधव कुमार नेपाल–झलनाथ खनालबीचको विवादको असर कर्णालीमा देखिएको हो । पछिल्लो एमालेका दुवै पक्षले समानन्तर गतिविधि गर्दै आएका छन् ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…