कोरोना महामारीकैबीच चीनको आर्थिक वृद्धिदर १८ प्रतिशत

बेइजिङ। कोरोना महामारीकैबीच चीनले उच्च आर्थिक वृद्धिदर हासिल गरेको छ । शुक्रबार सन् २०२१ को पहिलो त्रैमास प्रतिवेदन सार्वजनिक गर्दै चीनले कुल ग्राहस्थ उत्पादनमा १८.३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

यो चीनले सन् १९९२ देखि त्रैमास विवरण राख्न थाले यताकै सबभन्दा बढी आर्थिक वृद्धिदर हो । तैपनि यो अनुमानित आर्थिक वृद्धिदरभन्दा पनि कम भएको बताइएको छ । रोयटर्सकाअनुसार २०२१ को पहिलो तीन महिनामा १९ प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरिएको थियो ।

पछिल्लो समय कोरोना महामारी नियन्त्रण गरेको चीनले तीव्र गतिमा आर्थिक वृद्धि गरेको हो ।

गत वर्ष चीनको आर्थिक वृद्धि ६.८ प्रतिशतले खुम्चिएको थियो। कोरोना महामारी उच्च विन्दुमा पुगेका बेला लकडाउन गर्नुपरेकाले आर्थिक वृद्धिदर घटेको थियो ।

औद्योगिक र ‘रिटेल सेल्स’ मा तीव्र वृद्धि भएसँगै पहिलो त्रैमासमा आर्थिक वृद्धिदर उच्च देखिएको हो । औद्योगिक क्षेत्रमा ३४ प्रतिशतले आर्थिक वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि विश्लेषकहरूले भने सो आर्थिक वृद्धिदर केही समयका लागि मात्र भएको बताएका छन् । उनीहरूका अनुसार यो वर्षको बाँकी दिनहरूमा भने चीनले सो अनुपातको आर्थिक वृद्धिदरलाई कायम राख्न सक्ने छैन।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…