यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनुपर्छ : शेखर कोइराला

३ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिलेको सरकार हटाएर सर्वदलीय सरकार बनाउनुपर्ने बताएकाा छन् ।

सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आँखा अस्पतालको उद्‌घाटन गर्दै कोइरालाले यो सरकार रहँदासम्म अराजकता बढ्ने भन्दै सर्वदलीय सरकार बनाउनुपर्ने बताएका हुन् । ‘यो सरकार जति अगाडि बढ्छ त्यत्ति अराजक बढ्छ’ उनले भने, ‘त्यहीं भएर यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनु जरुरी छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीबाट नहटाएसम्‍म चैनको सास लिन नसकिने कोइरालाले बताए । देश अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको बताउँदै उनले संसदीय व्यवस्थामा विश्वास नभएका पार्टीले संसदलाई निकम्मा पार्ने खेल खेलिरहेको बताए ।

‘संसद अनिर्णयको बन्दी बनेको छ । सरकारले बिजनेस दिन सकिरहेको छैन । सरकारले बिजनेस नदिए सभामुखले कुनै न कुनै विजनेस दिनुपर्थ्यो ’ उनले भने, ‘किन ल्याइरहनु भएको छैन, त्यो सभामुख र उनको पार्टी माओवादी केन्द्रले जान्‍ने कुरा हो ।’

संसद अनिर्णयको बन्दी बनिसकेपछि निकास भनेकै सहमतिको सरकार बनाएर निर्वाचनमा जानुपर्ने उनले बताए । ‘तर कांग्रेस आफैं अलमलमा छ । जनता समाजवादी पार्टी दुई खेमामा परिणत भएको छ’ उनले भने ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…