धेरै समयपछि प्रधानमन्त्रीको फोन आयो,यो राम्रो हो कि नराम्रो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै समयपछि प्रधानमन्त्री केपी ओलीले आफूलाई फोन गरेको बताएका छन्।
शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले फोन गरेको सार्वजनिक गराएका हुन्।

उनले आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो छिटो बनाइदिन आग्रह गर्ने बताए।

‘मलाई थाहा छैन। यो राम्रो हो कि नराम्रो हो। म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो। धेरै समयपछि । म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्न आएको छु भने,’उनले भने,’तपाईले के भन्न खोज्नु भएको हो। यो बाटो बनाइदिहोस् ठूलो काम बन्नेवाला छु भन्नेछु।’

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूताइँदिएपछि दुवै दल आ-आफ्नो कित्तामा फर्केका छन्। एकअर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह लागिपरेका छन्।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…