काठमाडौँमा हावाहुरी अझै केहीबेर चल्छ, सतर्क रहनुहोला : मौसमविद्

राजधानीमा बिहीबार राति भ’यान’क हा’वाहुरी आएको छ । राति ९ बजेदेखि हावाहुरी चलेको हो । हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु न’राम्ररी प्रभा’वित भएका छन् । देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएकाे समाचार छ ।

अझै केहीबेर चल्छ, सतर्क रहनुहोला

जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले मुलुकका अधिकांश भागमा हावाहुरी चलेको कान्तिपुरसँगको कुराकानीमा बताइन् । मौसमविद् मानन्धरका अनुसार प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको हो ।

उनका अनुसार अझै एक/दुई घण्टासम्म हावाहुरी चल्ने छ । ‘यो हावाहुरी प्रि-मनसुन एक्टिभिटीअन्तर्गत नै चलेको हो । अझै एक/दुई घण्टा हावाहुरी चल्नेछ, वर्षा भएपछि यो विस्तारै घट्दै जान्छ,’ मौसमविद् मानन्धरले भनिन् ।

उनले शुक्रबार अपरान्ह पनि देशका केही भागमा हावाहुरी चल्नेछ । ‘भोलि पनि अपरान्हपछि यस्तै हावाहुरी चल्नेछ । तर ठूलो चल्दैन,’ उनले भनिन् । अहिले प्रदेश १, वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा पनि हावाहुरी चलेको पनि उनले बताइन् ।

स्थानीयस्तरमै निर्माण वायु दक्षिणबाट विस्तारै उत्तरपूर्वतिर जाने पनि उनको भनाइ छ । त्यस्तै विभागले हावाहुरीका कारण घरका छाना उडाउने, रुख भाँचिनेलगायतका दुर्घटना निम्तिन सक्ने भन्दै सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ । हावाहुरीका कारण अहिलेसम्म कुनै क्ष’तिको विवरण न’आएको नेपाल प्र’हरीले जनाएको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…