पुर्व सभामुख महरा भन्छन्, माओवादी आन्दोलन सबै सखाप पार्न ओलीले पार्टी एकता गरे

रोल्पा । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं संघीय सांसद कृष्णबहादुर महराले कृष्णबहादुर महराले पार्टी एकता हतारमा भन्दा मजबुद र दिगो रुपमा गर्नुपर्ने बताए । उनले एमालेसँगको सहकार्य सम्झिँदै केपी शर्मा ओलीले माओवादी आन्दोलन र विचार सखाप पार्नका लागि ठूलो षडयन्त्र बुनेको र हतारमा एकता स्वीकार समेत गरेको उल्लेख गरे ।

उनले भने, ‘हामीले वादलसँग पार्टी एकता गर्न ६ महिना लाग्ने र केपी ओलीसँग एकताका लागि पार्टीका नेताहरुमा छलफल नै नगरी गर्नु नै गलत थियो, केपी शर्मा ओली माओवादी विचार र आन्दोलनलाई सखाप पार्ने षडयन्त्रमा लागेका थिए त्यसपछि पार्टी एकता हतारमा ओली नै सहमत देखिएका हुन् ।’

माओवादी केन्द्रेले लिवाङमा आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै महराले आगामी दिनहरुमा पार्टीलाई युनिफाइड गर्ने, देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई गोलवन्द गर्दै अघि बढ्नुपर्नै बताए । पूर्व सभामुख समेत रहेका महराले ओली नेपाली राजनीतिमा असफल पात्रका रुपमा चिनिएको भन्दै उनले परिवर्तन, व्यवस्था, उपलब्धीलाई धरापमा पार्न प्रतिगमन गरेको बताउँदै दावी गरे ।

महराले नयाँ सरकार निर्माण र ओलीलाई हटाउनको लागि केन्द्रीय स्तरमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपासंग निकै घनिभूत छलफल चलिरहेको बताउँदै अब केही दिनमै त्यसले सकरात्मक रुप लिने दावी गरे ।

ओली आफ्नै नेतृत्वमा चुनाव गराउने योजनामा रहेको भन्दै उनको नेतृत्वमा चुनावमा जाँदा अझ बढी घातक हुने बताए । ओलीले देखावटी रुपमा चुनाव गराउने र षडयन्त्रपूर्ण ढंगले आफ्नो टिमलाई घोषणा गर्ने योजना रहेको भन्दै ओलीको चुनावी तालमेल गलत भएको धारणा व्यक्त गरे ।

उनले निर्वाचन गराउनु पर्ने भएपछि प्रतिगमनकारी विरुद्धको पार्टीको नेतृत्वमा गर्नुपर्ने धारणा राखे । महराले रोल्पा विद्रोहको किल्ला, जनयुद्धको आधार इलाका भएको भन्दै यहाँका श्रमजिवी जनताको मुक्तिका लागि जिल्ला र सामन्तवाद र समाराज्यवाद आँखामा काँडाका रुपमा भएको टिप्पणी गरे ।

उनले रोल्पालाई नै तत्कालीन नेकपा (माओवादी) पार्टी हेडक्वाटरले परिवर्तनको आन्दोलन सुरुवातका लागि छनौट गरेको पहिलो जिल्ला भएकाले यस भूभागले माओवादी आन्दोलनमा अतुलनीय भूमिका निर्वाह गरेकोमो प्रशंसा व्यक्त गरे ।

उनले रोल्पाको स्वाभिमान बचाई राख्नु पर्ने धारणा राखे । माओवादी केन्द्रले भनेको समाजवाद सबै मिली उत्पादन गर्ने र सबै मिलेर उपभोग गर्ने नीति रहेको भन्दै आफ्नो दर्शण अनुसार अगाडि काम गरी जनतालाई वास्तविक समाजवादतिर उन्मुख गराउनुपर्ने धारणा राखे ।

आफ्नो श्रम र स्रोत साधनको प्रयोग गरी कम लगानीबाट धेरै काम गरी जनताको विकासका लागि ध्यान दिनुपर्ने भन्दै उनले समृद्ध र सुखी रोल्पालीका लागि सबै नेता कार्यकर्तालाई आह्वान गरे ।

बैठकमा स्थायी समिति सदस्य वर्षमान पुन, केन्द्रीय समिति सदस्य कुलप्रसाद केसी, सहित झक्कु प्रसाद सुवेदी, जोखबहादुर महरा, दीपेन्द्र कुमार पुनमगर, जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर, शुकबहादुर रोका, तारा घर्तीमगर लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै कार्यक्रममा रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसी, सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर, सुनछहरीका अध्यक्ष आसबहादुर पुनमगर, परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, गंगादेव गाउँपालिका अध्यक्ष विरबहादुर खत्री, माडी गाउँपपालिका अध्यक्ष नन्दबहादुर केसी, थबाङ गाउँपालिका अध्यक्ष विरबहादुर घर्तीमगर लगायतले वडा अध्यक्षहरुले रिपोटिङ राखेका थिए । फाइल तस्विर 

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…