दीपक मनाङेले पनि छाडे मुख्यमन्त्री गुरुङको साथ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्दै आएका प्रदेशसभाका स्वतन्त्र सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले पनि अन्तिम समयमा आएर साथ छाडेका छन् । स्वतन्त्रता मनाङ ‘ख’ बाट निर्वाचित मनाङेले यसअघि गुरुङ नेतृत्वको सरकारलाई समर्थन गरेको भएपनि अब, उनलाई समर्थन नगर्ने घोषणा गरेका हुन् ।

गुरुङ नेतृत्वको सरकार विरुद्ध अहिले प्रदेशमा माओवादी केन्द्रका १२, काँग्रेसका १५,राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद खुलेर लागेका छन् । नयाँ सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । तर, चार पार्टी मिल्दा उनीहरुको पक्षमा ३२ सांसद हुन्छन् ।

यसैबीच बिहीबारै नयाँ गठबन्धनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

चार दलको मोर्चा मुख्यमन्त्री विरुद्ध उभिएपछि गुरुङ अल्पमतमा परेका छन् ।
अंक गणितीय हिसाबले अहिले मुख्यमन्त्री गुरुङ प्रष्ट अल्पमतमा परेपछि उनले चालु संसद अधिवेशन अन्त्य गरेर सरकारको आयु केही दिन लम्याएका छन् ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…