माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए, सांसदहरु जिल्लाराम !

काठमाडौँ । गण्डकी प्रदेशसभामा प्रदेश प्रमुखको जिम्मेवारीमा छन् बरिष्ठ वामपन्थी नेता अमिक शेरचन । नेकपामा आबद्धताको हिसाबले शेरचन पूर्व माओवादी समूहका नेता हुन् । तथापि प्रदेश प्रमुखको जिम्मेवारीमा रहेपछि उनको दलीय आबद्धता रहँदैन ।

गण्डकी प्रदेशमा केपी ओलीनिकट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला प्रदेश प्रमुख शेरचनले बुधबार राति १२ बजे मुख्यमन्त्री गुरुङको सिफारिसमा संसद अधिवेशन अन्त्यको घोषणा गरिदिएका छन् ।

माओवादी, कांग्रेस, जनमोर्चा लगायतका दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका बेला रातारात गरिएको अधिवेशन अन्त्यलाई लिएर विपक्षी गठबन्धनका नेताहरु झस्किएका छन् । शेरचनले रातारात अधिवेशनको अन्त्य गरेर एमालेको सरकार टिकाउनुलाई सहयोग गरेको माओवादी पक्षको गुनासो छ ।

तर, प्रदेश प्रमुख एक्लैले संसद अधिवेशनलाई रोक्न सक्दैनन् । मुख्यमन्त्रीले बैठक अन्त्यको सिफारिस गरिसकेपछि प्रदेश प्रमुखले संविधानतः बैठक अन्त्यको घोषणा गर्नैपर्छ । प्रदेश प्रमुखको काम चित्त नबुझेमा राष्ट्रपतिले जुनसुकै बेला पदमुक्त गरिदिन सक्ने संविधानमा व्यवस्था छ ।

तथापि बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरिएको सूचना विहीबार बिहान मात्रै सार्वजनिक हुँदा भने ‘ब्याक डेट’ निर्णय भएको हो कि भन्ने आशंका जन्मिएको एक नेताले बताए ।

रोचक त के छ भने अविश्वासको प्रस्तावको तयारीका लागि विहीबार बिहान छलफल गरिरहेका विपक्षी गठबन्धनका सांसदहरुलाई अधिवेशन अन्त्य भइसकेको जानकारी नै थिए । उनीहरु छलफलमा व्यस्त थिए ।

यसैबीच, मध्यरातमा अधिवेशन अन्त्य गरिनुको कारणबारे सोध्न फोन गर्दा प्रदेश प्रमुख शेरचनको फोन उठेन ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…