अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले गरिदिए प्रदेश सभा अधिवेशन अन्त्य

गण्डकी प्रदेश सरकार विरूद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने भएपछि एकाएक संसद अधिवेसन अन्त्य भएको छ। गत चैत २५ गतेदेखि शुरु भएको संसदको विधान अधिवेसन वैशाख ५ गते बस्ने गरी स्थगित भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भएपछि सरकारले संसद अधिवेसन अन्त्य गरिदिएको हो। कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टी मिलेर बिहिबार नै प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको थियो।

अविश्वासको प्रस्ताव दर्ता गर्न विपक्षी दलहरूले बिहिबार हस्ताक्षर संकलनको तयारी थालेका थिए।

५९ सदस्यीय प्रदेश सभामा कांग्रेसका १५ सांसद छन्। प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई कांग्रेसले मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो।

मुख्यमन्त्री गुरूङसँग नेकपा एमालेका २७ सांसद छन्। ५९ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३० जना चाहिन्छ।

कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका २ र जसपाका दुई सांसद मुख्यमन्त्रीगुरूङ विरूद्ध उभिएका छन्। स्वतन्त्र सांसद राजिव गुरूङ आफैं मुख्यमन्त्री उठ्छु भनिरहेका छन्।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १ बजेदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको पत्र सभामुख नेत्रनाथ अधिकारीलाई पठाएका थिए। उक्त पत्र बिहिबार बिहान कार्यालय खुलेपछि प्रदेश सभा सचिवालयमा आइपुगेको प्रदेश सभा सचिव हरिराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

अहिले चलिरहेको संसद अधिवेसन अन्त्य भएपछि जेठमा बजेट अधिवेसन आह्वान गर्नुपर्छ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…