पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव, कृष्णचन्द्रलाई मुख्यमन्त्री

२ वैशाख, पोखरा । नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो । सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी ब्युँताइदिएपछि अन्य प्रदेश सरकारले समस्या टारेर सुरक्षित बन्दै जाँदा गण्डकी भने धर्मरायो ।

जबकी जनमोर्चासमेतको समर्थनमा माओवादीसहित सरकारको नेतृत्व गरिरहेको एमालेले अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने अनुमानसम्म गरेको थिएन ।

सरकारलाई दिएको समर्थन कायमै राखेर नेकपा माओवादी केन्द्रले चैत २५ गते २ मन्त्रीलाई फिर्ता बोलाएपछि भने मुख्यमन्त्री संकटमा परेका थिए । माओवादीले मन्त्री फिर्ता बोलाउनेबित्तिकै नेपाली कांग्रेसले नयाँ सरकारको विकल्प दिन वार्ता कार्यदल गठन गरिहाल्यो ।

माओवादीले पनि नेकपा विभाजन हुँदा बनाएको कार्यदललाई नै ब्युँताएर सरकार गठनको वार्ता टोली बनायो । जनता समाजवादी पार्टी पनि अहिलेको सरकारको विकल्प खोज्ने एजेण्डामा उभियो ।

पृथ्वीसुब्बा नेतृत्वको गण्डकी प्रदेश सरकारको ढालेर नयाँ सरकार निर्माण राजनीतिक एजेण्डासहित कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी एक ठाउँ उभिँदा निणर्ायक राष्ट्रिय जनमोर्चा भने यही सरकारको समर्थनमै थियो । जनमोर्चाले पृथ्वीसुब्बा नेतृत्वको सरकारलाई समर्थन कायमै रहने बताइरहेको थियो भने मुख्यमन्त्री गुरुङले जनमोर्चालाई जसरी पनि फकाएर सरकार बचाउन चाहन्थे ।

जनमोर्चाका नेता कृष्ण थापा मुख्यमन्त्री गुरुङलाई बचाउने गरी बोलिरहेका थिए भने सांसद पियारी थापाले कुनै पनि हालतमा यो सरकारलाई साथ दिन नसक्ने बताइरहेकी थिइन् । यो सरकार बचाउन र नयाँ गठन गर्न दुबैका लागि निर्णायक मानिएको जनमोर्चाका सांसद विभाजित भइरहेका थिए । जब जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कुनै पनि हालतमा अहिलेको सरकारलाई समर्थन गर्न नसकिने र अविश्वासको प्रस्तावमा हस्ताक्षर नै गरेर जाने बताए, त्यसले ठूलो तरंग ल्याइदियो ।

चित्रबहादुरको अभिव्यक्ति आएसँगै नयाँ सरकार गठन गर्न छलफल गरिरहेका कांग्रेस र माओवादीले तत्काल बैठक राखे । हस्ताक्षरसमेत बटुले, सांसदहरुहरुलाई बाहिर नजान निर्देशन नै दिए ।

निर्णायक जनमोर्चा गण्डकी संसदीय दलको बैठकले केन्द्रको निर्णय नआएको भन्दै छलफल अगाडि नबढाउने निश्कर्ष निकाल्यो । जनमोर्चाका अध्यक्ष केसीले बुधबार गण्डकी प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय नै सार्वजनिक गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्ने पक्का भयो ।

बुधबार आन्तरिक छलफलमा जुटेका कांग्रेस, माओवादी र जसपाले जनमोर्चाकोसमेत साथ पाउने भएपछि विहीबारै अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् । यी सबै दलका अधिकांश सांसद पोखरामै छन् ।

जनमोर्चाको समर्थनले नयाँ सरकार बन्छ भने पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्छ । अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् ।

कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद गण्डकी प्रदेश सभामा छन् । नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुग्छ । माओवादीका एक जना सांसद सभामुख भएकाले पृथ्वीसुब्बाको विपक्षमा बहुमत ३१ जना पुग्ने भएको छ ।

नयाँ सरकार गठन गर्न एकै ठाउँ उभिएका दलले संसद सचिवालयमा आजै बिहान अविश्वासको प्रस्ताव दर्ता गराउने गरी ११ बजे जम्मा हुन लागिएको कांग्रेस वार्ता कमिटी संयोजक कुमार खड्काले जानकारी दिए ।

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…