चाणक्यको त्यो श्लोक जसले व्यापारी, विद्वान र मिठो बोल्नेलाई प्रेरणा दिन्छ

आचार्य चाणक्यले आफ्नो विचारलाई चाणक्य नीतिका रूपमा बिस्तार गरेका थिए । उनको नीतिका कारण चाणक्यलाई अहिले पनि विश्वभर पछ्याउने व्यक्तिहरू धेरै छन् ।

सयौं वर्षपछि पनि चाणक्य नीतिका बारेमा संसारभर चर्चा चल्ने गरेको छ । उनका कतिपय विचारहरू पनि अहिले समय सान्दर्भिक छन् ।

आचार्य चाणक्यले व्यक्तिको गुण र दोषको बारेमा बताउँदै एउटा श्लोक तयार पारेका थिए । को हि भार: समर्थनां कि दूरं व्यवसायिनाम् । को विदेश: सविद्यानां क: पर: प्रियवादिनाम् ।

यो श्लोकको अर्थ हो शक्तिशाली व्यक्तिका लागि कुनै पनि काम कठिन छैन । व्यापारीका लागि कुनै पनि ठाउँ टाढा हुँदैन । विद्वानका लागि विदेश पनि टाढा हुँदैन । मिठो बोल्नेहरूका लागि कोही पनि पराई हुँदैन, उसले सबैलाई आफ्नो बनाएको हुन्छ ।

आचार्य चाणक्यको यो नीतिले जीवनभर अगाडि बढ्ने प्रेरणा मिल्ने गर्छ । उनका अनुसार जो शक्तिशाली छ, उसले कुनै पनि काम गर्न सोच्नु पर्दैन, किनकी उसका लागि केही असम्भव छैन । त्यस्तै व्यापार गर्नेहरू जहाँ जान पनि तयार हुनुपर्छ । यदि कहीं जान तयार नभएको खण्डमा उसको व्यापार जम्ने देखिँदैन ।

त्यस्तै उनका अनुसार विद्वानहरूका लागि कुनै ठाउँ पनि टाढा हुँदैन । विद्या हासिल गर्न विदेश नै जानु परे पनि तयार हुनुपर्छ । त्यस्तै चाणक्यले मिठो बोल्नेहरूका लागि संसार आफ्नो हुने बताएका छन् ।

 

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…