दीपक मनाङ्गेले सघाए पनि एमालेलाई तीन भोट पुगेन

पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ । गुरुङ नेतृत्वको सरकारबाट माओवादीको तर्फबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएसँगै प्रदेशसभामा नयाँ जोड घटाउ सुरु भएको छ ।

गण्डकी प्रदेशसभाका ६० सांसदमध्ये मुख्यमन्त्री गुरुङको पार्टी एमालेका पक्षमा २७ सांसद छन् । स्वतन्त्रमा मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेले एमालेलाई समर्थन गरेका छन् । योसहित एमालेका सांसद संख्या २८ हुन्छ । यसबाहेक माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

यस्तो अंक गणितका बीच मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउनका लागि कम्तिमा ३१ मत आवश्यक पर्छ । अर्थात उनलाई ३ सांसद अपुग छ । त्यसका लागि उनलाई राष्ट्रिय जनमोर्चाका ३ सांसदको समर्थन आवश्यक पर्छ ।

काँग्रेस पनि गुरुङ नेतृत्वको सरकारको विपक्षमा रहेको अवस्थामा सानो दल भए पनि गण्डकी प्रदेशमा सरकार बनाउने र गिराउने मुख्य चाबी जनमोर्चाको खल्तीमा रहेको हो । यद्यपि काँग्रेस, माओवादी लगायतले पनि जनमोर्चालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको छ । अर्थात ३ सिट रहेको जनमोर्चा दुबै पक्षको तानातानमा परेको छ ।

उसो त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही पहिले विज्ञप्ति नै जारी गरेर संघीय प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदम चालेको भन्दै उनको पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म समर्थन गर्न नसकिने बताएका थिए ।

यस्तो अवस्थामा जनमोर्चाले गर्ने निर्णयका आधारमा मुख्यमन्त्री गुरुङको भविष्य निर्धारण हुने भएकाले गण्डकी प्रदेशको सत्ता समीकरणलाई चासोका साथ हेरिएको छ ।

केसीको अभिव्यक्तिपछि उत्साहित भएका सत्ता इतरका ४ पार्टी गुरुङ नेतृत्वको सरकार ढाल्ने ध्याउन्नमा छन् । राजनीतिक जोड घटाउ र आ–आफ्नो पक्षमा बहुमत पु¥याउने रस्साकस्सी चलिरहेको भएपनि उनीहरु निर्णयमा पुग्ने भने सकेका छैनन् । जनमोर्चाकै निर्णय कुरिरहेका छन् ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष केसीले जे भनेपछि प्रदेशस्तरमा भने जनमोर्चाले आफ्नो स्पष्ट निर्णय दिन सकेको छैन । जनमोर्चाले आफूले अविश्वासको प्रस्ताव नलैजाने, तर लगिएको अवस्थामा समर्थन जनाउने बताएको छ । जसका कारण सोमबार बसेको गण्डकी प्रदेश सभाको संसदीय दलको बैठकले कुनै निर्णय लिन सकेन ।

नयाँ सरकार गठनका लागि अगुवाइ गरिरहेको कांग्रेसले पनि संसदीय दलको बैठकपछि केही समय ‘पर्ख र हेर’को अवस्थामा बस्ने निष्कर्ष निकालेको छ नयाँ सरकार गठनका लागि यसअघि दलहरूसँग संवाद गर्न कांग्रेसले प्रदेश सांसद कुमार खड्काको नेतृत्वमा अन्तरपार्टी वार्ता समिति गठन गरेको थियो । मणिभद्र शर्मा कँडेल र विन्दु थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समितिले विभिन्न पार्टीहरूसँग अहिलेसम्म गरेका संवाद र प्रगतिका बारेमा संसदीय दलको बैठकलाई जानकारी गराएका थिए ।

माओवादी केन्द्र र जसपा गुरुङ नेतृत्वको सरकार ढाल्नका लागि तयार रहेको तर, जनमोर्चाले अझै पनि औपचारिक निर्णय नगरेकाले केही समय कुर्ने देखिएको वार्ता टोलीका संयोजक कुमार खड्काले बताए । जनमोर्चाले केही दिनमै आफ्नो आधिकारिक निर्णय दिने संकेत गरेको सांसद खड्काले दावी गरेका छन् । उनले जनमोर्चाको आधिकारिक धारण आएपछि वैशाखको पहिलो साता नयाँ सरकार बन्ने वा नबने भन्ने टुङ्गो लाग्ने बताए ।

यसअघि सर्वोच्च अदालतले एमाले, माओवादी ब्यूँताउने फैसला गर्नु पहिले प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव ल्याउन प्रयास गरेको थियो । तर, कुल सांसद ६० जना मध्ये एक चौथाइ अर्थात् १५ सांसद नहुँदा उनीहरू पछि हटेका थिए ।

अविश्वास प्रस्ताव दर्ता गर्न सक्ने हैसियतमा १५ सांसद भएको कांग्रेसले केन्द्रको निर्देशन पर्खेर बसेका कारण अगाडि बढ्न सकेको थिएन । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी विधिवत रुपमा विभाजन भएपछि अहिले प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस लागिपरेको हो ।

माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चालाई मन्त्री पदको अफर देखाएर फकाउने प्रयास गरिरहेका छन् । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जोगाउनका लागि राष्ट्रिय जनमोर्चा, काँग्रेस वा माओवादीमध्ये एकले समर्थन गर्नुपर्छ ।

यदि यी दल मध्येबाट समर्थन नपाएको अवस्थामा यिनै दलको अगुवाइमा अर्को सरकार बन्ने सम्भावना भएकाले मुख्यमन्त्री गुरुङ साना दलहरूलाई फकाउने योजनामा लागिरहेका हुन् । गत २५ चैतमा सुरु भएको प्रदेशसभाको अधिवेशन वैशाख ६ गते सम्म स्थगित छ । अबको बैठक अगावै सबै राजनैतिक पार्टी एकजुट भएर अविश्वासको मत ल्याउने योजनामा लागेका छन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…