भाइरल हुँदै ४७ लाखको ब्याग

यतिबेला लुई भिटाको हवाइजहाज डिजाइनको ब्याग ‘भाइरल’ भइरहेको छ। लुई भिटाकामो क्रियटिभ निर्देशक भर्गिल अब्लोले गत जनावरीमा पेरिसमा लुई भिटाको नयाँ ब्याग सार्वजनिक गरेका थिए। ब्याग हवाइ जहाज जस्तै आवरणमा थियो। अहिले सोही ब्याग ‘भाइरल’ बनेको हो।

भर्गिल अब्लो फेसन लेभल अफ–ह्वाइटका संस्थापक समेत हुन्। उनले पुरुषहरूलाई हुने खालको हवाइजहाज डिजाइनको पर्स डिजाइन गरेका हुन्। यसको मूल्य अमेरिकी डलर ३९ हजार तोकेको छ। अर्थात् नेपाली ४७ लाख ३ हजार रुपैयाँ बढी पर्छ।

गत वर्षको ग्रीष्ममा पनि अब्लोले साङ्घाइमा विभिन्न जनावर र खेलौनाको आकारमा बनेका ब्यागहरू सार्वजनिक गरेका थिए।

अब्लो पहिलो डिजाइनर भने होइनन्, जसले यस्तो रोचक डिजाइनमा ब्याग बनाएर सार्वजनिक गरे।

अमेरिकी डिजाइनर थोम ब्राउनले यसअघि हेक्टर ब्याग सार्वजनिक गरेका थिए। जुन निकै रोचक डिजाइनमा छ।

डिजाइनर थोमले यो ब्याग डास्हुन्ड प्रजातिको कुकुरबाट प्रेरित भएर बनाएका हुन्। यसको मूल्य अमेरिकी डलर २६ हजारदेखि ३० हजारसम्म छ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…