अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपाली नयाँ वर्षमा शुभकामना

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियामा रहेका नेपालीलाई नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका छन्।

प्रधानमन्त्रीद्धारा मंगलबार जारी गरिएको शुभकामना शन्देशमा विक्रम सम्वत् २०७८ को सुरूआतले नेपालीलाई एकतामा बाँध्नुका साथै हर्ष र उल्लास बाढ्ने विश्वास लिएका छन्।

नयाँ वर्षको अवसरलाई विगतको समीक्षा गर्न र भविष्यका लागि आशाका किरणहरू बाँड्ने मौकाको रूपमा लिन प्रधानमन्त्री मोरिसनले आग्रह गरेका छन्। ‘अस्ट्रेलियामा उर्जावान् समुदायका रूपमा चिनिएको नेपालीको कला र संस्कृतिलाई यहाँको स्थानीय अनुभवसँंग साट्ने मौकाका रुपमा समेत नेपाली नयाँ वर्ष रहेको छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।

बृहत् अस्ट्रेलियाली समुदायका लागि नेपाली नयाँ वर्ष त्यहाँको कला संस्कृतिको महत्वपूर्ण पक्षहरू अनुभव गर्ने मौकाका रुपमा रहेको प्रधानमन्त्री मोरिसनको भनाई छ। ‘तपाईँहरूको यस महत्वपूर्ण पर्वमा छुट्टी मनाउँदै गर्दा यसले हामी सबैलाई थप समृद्ध बनाउन मद्दत पुग्ने छ,’ उनले भनेका छन्।

कोरोना प्रभावित अहिलेको परिस्थितिमा नयाँ वर्षले चुनौतीसँग लड्न आत्मबल प्रदान गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीले आफ्नो सन्देशमा बताएका छन्।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…