ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्तीको मापदण्ड झन् कडा

काठमाडौँ । बेलायत सरकारले अब ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसको रजिस्ट्रेसन, क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा गर्ने भएको छ । यसअघि पूर्वतर्फको छनोट धरानबाट गर्ने गरिएकोमा अब पोखराबाटै गर्न लागिएको ब्रिटिस आर्मी मुख्यालयको वेबसाइटमा उल्लेख छ ।

पाली युवाको चाप बढेपछि बेलायतले भर्ती प्रक्रियामा कडा नीति अपनाएको छ । मुख्यालयको वेबसाइट आर्मी डट एमओडी डट यूकेले रेक्रुट इन्टेक–२०२२ का निम्ति सार्वजनिक गरेको सूचनाअनुसार ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका लागि १ सय ४० जना छनोट गरिनेछ । ब्रिटिसतर्फ विगत वर्षभन्दा १ सय १० जनाको कोटा घटाइएको हो ।

यसपटक प्रतिस्पर्धीले नाम लेखाउने बेलामै गणितको जाँच दिनुपर्ने भएको छ । त्यसैगरी १२ पटक ओभरआर्म हेभिङ, २० किलोको भारी बोकेर रिपिटेड लिफ्ट एन्ड क्यारी दौड १ मिनेट ४६ सेकेन्डमा पार गर्नुपर्नेछ । यसअघि क्षेत्रीय छनोटमा मात्र यस्तो स्पर्धा गराइन्थ्यो ।

साथै साधारण मेडिकल चेकअप गरिनुका साथै न्यूनतम १ सय ५८ सेन्टिमिटर उचाइका प्रतिस्पर्धी बडी मास इन्डेक्स (बीएमआई)का आधार छनोट हुन हुनेछन् । एसईईमा अंग्रेजी र गणितमा कम्तीमा ‘सी ग्रेड’ हासिल गरेको हुनुपर्ने छ । प्रतिस्पर्धीले आफ्नो नागरिकता र राहदानी, बाबु–आमाको नागरिकताका साथै गाउँ/नगरपालिकाबाट ठेगाना प्रमाणित भएको सिफारिस बुझाउनुपर्नेछ ।

नाम दर्ता गराउन आगामी जेठ १० देखि साउन १४ सम्मको समय तोकिएको छ । प्रारम्भिक चरणमै कोरोना भाइरसको लक्षण नदेखिएको र दस दिन क्वारेन्टाइनमा बसेको प्रमाण पेस गर्न भनिएको छ । भदौ १३ देखि असोज २४ गतेभित्र हुने क्षेत्रीय छनोटमा शैक्षिक जाँच, अंग्रेजी भाषा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको सामना गर्नुपर्नेछ । यसै गरी २ मिनेट ३० सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्नुपर्नेछ । यसअघि २ मिनेट ४० सेकेन्ड समय दिइन्थ्यो । अब दायाँ–बायाँ हातमा २०–२० किलोका जेरिक्यान बोकेर २ सय ४० मिटर दुरी दुई मिनेटमा पार गर्नुपर्नेछ ।

सिंगापुर पुलिसतर्फ कात्तिक २४ देखि एक महिनाभित्र क्षेत्रीय छनोट हुने जनाइएको छ । क्षेत्रीय छनोटमा परेकालाई केन्द्रीय छनोटमा बोलाइनेछ । सिंगापुरको अन्तिम छनोट माघ ८ देखि १७ गतेभित्र भइसक्नेछ । त्यसपछि ब्रिटिस गोर्खाको छनोट माघ १९ देखि फागुन १० भित्र पूरा गरिने जनाइएको छ ।

‘ब्रिटिस गोर्खाज र सिंगापुर पुलिसमा भर्तीका लागि निवेदन सधैं नि:शुल्क रहेको छ,’ रेक्रुट इन्टेक मापदण्डमा भनिएको छ, ‘कसैले भर्ना शुल्क लाग्छ र शुल्क दिनेलाई सहायता गर्न सकिन्छ भनेमा विश्वास नगर्नुहोला ।’ दलाल, मध्यस्थकर्तामार्फत घुस, प्रभाव र दबाबका भरमा आएका र झुटो कागजपत्र प्रयोग गरेका आवेदकलाई अर्को अवसर नदिइने उल्लेख छ ।

केही महिनाअघि सम्पन्न छनोटबाट बाहिरिएकामध्ये ५ सय ९४ जना पुन: आवेदन दिन नपाउने सूचीमा छन् । ‘कागजपत्र, अनुशासन, मेडिकलजस्ता कारणले नो रि–अप्लाईमा राखिएका हुन्,’ राजधानीस्थित क्लासरुम एकेडेमीका निर्देशक विनोद राईले भने, ‘नयाँ युवालाई भर्ती लिँदा नीतिमा कडाइ गरिएको बुझिएको छ ।’

उनका अनुसार कोभिड–१९ महामारीका कारण भिडभाड हुन नदिन प्रारम्भिकदेखि अन्तिम छनोट पोखरास्थित ब्रिटिस क्याम्पमै गर्न लागिएको हो । इन्टेक–२०२१ मा ३ सय ४० नेपाली युवक ब्रिटिस गोर्खामा भर्ती भएर बेलायत गइसकेका छन् । त्यस्तै सिंगापुरका लागि १ सय ४० युवक छनोट भएका थिए । तर उनीहरूमध्ये ६ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरूलाई फर्काइएको थियो ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…