बिहे अगाडि स’म्भोग गरेको अभियोगमा ९ जनाको गयो जागिर

कुनै पनि कार्यालय वा कम्पनीले आफूकहाँ कार्यरत कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कारणहरु के-के हुन सक्लान् ? कुनै गम्भीर ग’ल्ती वा ला’परबाही गरेमा, आफू कार्यरत निकायलाई हानिनोक्सानी पुर्‍याउने काम गरेमा वा गम्भीर नैतिक पतनको काम गरेमा आदि-आदि ।

तर, अमेरिकाको एक कम्पनीले चाहिं बिहे अगाडि नै स’म्भोग गरेको अभियोगमा आफ्ना ९ जना कर्मचारीलाई बर्खास्त गरेको पाइएको छ ।

चर्चित रेडियो स्टार डेभ राम्सेको कम्पनी राम्से सोलुसन्सले विवाहपूर्व स’हवास गरेको भन्दै हालसम्म ९ जना कर्मचारीलाई जागिरबाट निकालेको खुलासा भएको छ ।

एक पूर्वकर्मचारीले दायर गरेको मुद्दामा राम्से सोलुसन्सले अदालतमा प्रतिउत्तर पेश गर्दै विवाहपूर्व स’म्भोग गर्ने कर्मचारीलाई बर्खास्त गर्ने आफ्नो कम्पनीको नियम नै रहेको प्रष्ट पारेको छ ।

कम्पनीको उक्त नीतिका विरु’द्धमा एक पीडित पूर्वकर्मचारीले अदालतमा मुद्दा दायर गरेकी थिइन् । कम्पनीले चाहिं आफ्नो नीतिले ती पूर्वकर्मचारी महिलालाई कुने विभेद नगरेको दाबी गरेको छ ।

डेभ राम्सेले चर्चित रेडियो कार्यक्रम डेभ राम्से शो चलाउँदछन् । अमेरिकाका विभिन्न रेडियो स्टेसनबाट प्रसारण हुने उक्त चर्चित कार्यक्रम परम्परावादी क्रिस्चियनको अवधारणा तथा वित्तीय सुझावमा आधारित छ ।

राम्से सोलुसन्सकी पूर्वप्रशासन सहायक क्याटलिन ओ कोन्नोरले गत वर्ष अमेरिकाको टेनिसीस्थित जिल्ला अदालतमा कम्पनीविरु’द्ध मुद्दा हालेकी थिइन् । आफू गर्भवती भएको आरोपमा कम्पनीले आफूलाई बर्खास्त गरेको उनको भनाइ थियो । सन् २०२० को जून महिनामा सु’त्केरी बिदा स्वीकृत गराउने बेलामा कम्पनीले आफूसँग विवाहलगायतका कागजातहरु मागेको तर आफू अविवाहित रहेको थाहा पाएसँगै जागिरबाट निकालेको उनको दाबी छ ।

कम्पनीले पनि कोन्नोरलाई फगत ग’र्भवती भएको आरोपमा नभई आफूले बिहे नै नगरेको केटासँग गर्भाधारण गरेको हुँदा बर्खास्त गरिएको बताएको छ ।

कम्पनीको उक्त कदमले कोन्नोरको आधारभूत मानवअधिकारका साथै सुत्केरी बिदा लिन पाउने संघीय अधिकारका साथै टेनिसी राज्यका कानूनहरु उल्लंघन भएको बताएका छन् । कम्पनीको त्यो कदम निकै निर्दयी व्यवहारयुक्त रहेको वकिलको भनाइ छ ।

राम्से सोलुसन्सका वकिलका अनुसार कोन्नोरलाई कम्पनीको मापदण्ड उल्लंघन गरेको आरोपमा जागिरबाट हटाइएको छ । कम्पनीको आधारभूत मापदण्डअनुसार कर्मचारीहरुबाट सदैव सख्त मर्यादाको अपेक्षा गरिन्छ ।

बिहेपूर्वको यौन सम्पर्क सख्त मर्यादाको विपरीत तथा सही जीवनयापनको विपरीत रहेको ठहर कम्पनीको छ ।

पछिल्ला पाँच वर्षमा बिहेअगावै सम्भोग गरेको आरोपमा अरु ८ जना कर्मचारीहरुलाई बर्खास्त गरिसकिएको पनि कम्पनीले जनाएको छ । तीमध्ये ५ जना पुरुष थिए । बिजनेस इनसाइडरबाट

 

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…