जसपाले नयाँ सरकार गठनमा हलो अड्कायो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा हलो अड्केको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद थापाले जसपाको अनिर्णयका कारण वर्तमान व्यवस्था र संसदमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताए । ‘जसपाले धेरै घुमाउरो कुरा गर्नु हुँदैन,’ उनले भने, ‘तपाईहरु प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुछ, सरकार बनाउनुछ, गर्नुस् । जानुस् । निर्णय गर्नुस् । तपाईहरुलाई विकल्प खोज्नुछ, आउनुस् ।’

उनले अघि भने, ‘तपाईंहरुलाई आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने छ भने हिम्मत गर्नुस् । ट्याउँ–ट्याउँ, म्याउँ–म्याउँ गरेर धेरै अर्थ छैन ।’ तर कुनै निर्णय नगरेर जसपाले प्रधानमन्त्री ओलीको सेवा गरिरहेको उनको आरोप छ ।

जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले सरकारको विकल्प खोज्न पहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बाटो खोल्नुपर्ने बताए ।

अविश्वासको प्रस्ताव ल्याउनुपर्ने वा समर्थन फिर्ता लिएर बाटो निर्माण गर्नुपर्ने भन्दै उनले भने, ‘हामी बेला आएपछि आफ्नो निर्णय गर्छौं । पहिले त अविश्वासको प्रस्ताव ल्याउनुपर्‍यो या समर्थन फिर्ता लिनुपर्‍यो । कसैले केही नगर्ने खाली हामीले निर्णय गर्ने ? काम गरेर देखाओस् अनि हामी कसैको साथ दिन्छौं ।’

भर्खरै प्रकाशित

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…