‘साला कम्युनिस्ट’ भन्दै मोहन बस्नेतले एमाले नेतालाई थर्काए !

काठमाडौं । काँग्रेस नेता मोहन बस्नेत अभद्र तरिकाले टीभी अन्तरवार्तामा प्रस्तुत भएका छन् । उनी कम्युनिस्टलाई देश’द्रो’हीको संज्ञा दिँदै एमाले नेता केशव बडालमाथि जाइलागेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा अन्तरवार्ता दिने क्रममा बस्नेत एकाएक आ’क्रा’मक रुपमा प्रस्तुत भएका हुन् ।

अन्तरवार्ताका क्रममा पत्रकार धमलाले सोधे, ‘केपी शर्मा ओलीले जति काम गर्नुभयो, धेरै काम त गर्नुभएको छ नि ?’ जवाफका क्रममा कांग्रेस नेता बस्नेतले भने, ‘काम गर्नुभा’छ भन्या ! वाइडबढी किनेर लेरायो, ख्वाप्प ४ अर्बको हिसाव छैन ।’

त्यसपछि एमाले नेता बडालले केही बोल्न खोजेपछि बस्नेतले रोक्दै भने, ‘मलाई…क्लियर गर्न दिनुस् पहिला !’ बडालले प्रतिवाद गर्दै भने, ‘क्लियर होइन, तपाईं कति फटाहा कुरा गर्दै हुनुहुन्छ, त्यस्तो हुँदै होइन के !’ बस्नेतले बडाललाई औँला उठाउँदै भने, ‘तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ ! बढी कुरा गर्ने ?’ बस्नेतले जाइलाग्दै चर्को स्वरमा भने, ‘सम्हालिएर बस्नुस्, फटाहा भन्ने ?’

बडालले असत्य कुरा बस्नेतले बोलेको तर्क गरिरहे । बस्नेतले थप चर्किँदै भने, ‘तपाईंले असत्य कुरा बोल्नुभाछ, साले डाँका, देशद्रोही, कम्युनिस्ट !’ चर्काचर्कीकै बीच बडालले केही बोल्न खोजेपछि बस्नेतले चुप लाग्न चेतावनी दिँदै आफूलाई बोल्न दिन अन्तरवार्ताकार ऋषि धमलासँग आग्रह गरे । त्यसपछि बडालले पनि धमलालाई अबदेखि बस्नेतजस्ता मान्छेसँग आफूलाई अन्तरवार्ता दिनका लागि नबोलाउन भन्दै आक्रोश पोखे ।

‘हुँदै नभएको यति ढाँट कुरा गर्नभा’छ । वाइडबढी उहाँहरुको सरकार भएका बेला भएको हो । वाइडबढी किनेको हुम्लाका पर्यटनमन्त्री भएका बेला त्यो निर्णय भएको हो’, बडालले भने । बडालले यतिबोल्दै गर्दा बस्नेतले निरन्तर प्रतिवादको प्रयास गरिरहे । बस्नेत फेरि बोले, ‘ऋषिजी, तपाईँले जे कुरा सोध्नुभयो । उहाँले जवाफ दिनुभयो, म सुनेर बसेँ । मलाई पनि जवाफ दिन दिनुस् । त्यसपछि म उहाँको सुन्छु ।’

त्यसबीचमा पनि उनीहरुबीच बाझबाझ चलिरह्यो । अन्तरवार्ताकार धमला मौन बसिरहे । केहीबेरपछि सहजीकरण गर्दै धमलाले बडाललाई आफ्नो धारणा राख्न समय दिए ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…