भारतले महाकालीमा तटबन्ध निर्माणको काम रोक्यो, नापी विभागको टोली दार्चुलामा

काठमाडौँ।  नेपाललाई जानकारी नदिएर भारतले एकपक्षीयरुपमा महाकाली नदीमा निर्माण गरिरहेको तटबन्ध निर्माणको काम तत्कालका लागि रोकिएको छ । तटबन्ध निर्माणस्थलको निरीक्षण गरेर भारतीय पक्षसँग वार्ता गर्न नापी विभागको टोली दार्चुला पुगेको छ ।

दार्चुलाको महाकाली नगरपालिका ५, गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरि नेपाली भूमिमै तटबन्ध निर्माण सुरु गरेको थियो । २०७० सालमा महाकाली नदीमा आएको बाढीका कारण नदीले धार परिवर्तन गर्दा सो क्षेत्र नदीपारि परेको थियो । भारतले साेही क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको हो ।

भारतले एकपक्षीय रुपमा बाँध निर्माण गर्न थालेपछि नापी विभागको टोलीसहित सर्वपक्षीय नेपाली कार्यदलले सोमबार स्थलगत निरीक्षण गरेर भारतीय पक्षसँग वार्ता गर्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लालाई पत्राचार गरेपछि तत्काल काम रोकिएको बताउनुभयो ।

प्रजिअ जोशीले भन्नुभयो, “नापी विभागको टोली दार्चुला आइपुगेको छ । सोमबार स्थलगत निरीक्षण गरेर भारतीय पक्षसँग वार्ता हुनेछ । भारततर्फको टोली पनि आइपुग्दै छ ।”

नापी विभागका उप सचिव दयानन्द जोशीको नेतृत्वमा पाँचजनाको टोली सीमा सम्बन्धी नक्सा लिएर नै दार्चुला आइपुगेको बताइएको छ । नापी विभागको टोलीले आवश्यक परे दार्चुलादेखि टनकपुरसम्मको नेपाली भूभागको अवस्था अवलोकन गर्ने तयारी गरेको छ ।

यो विषयमा नापी विभागका उपसचिव दयानन्द जोशीले अहिले नै धेरै कुरा नबोल्ने बताउनुभयो । उपसचिव जोशीले भन्नुभयो, “ आज भारतीय पक्षसँग वार्ता हुँदैछ । हामी तयारीका साथ दार्चुला आइपुगेका छौं । अहिले यति भनौं ।”

२०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको करिब एकहजार रोपनीभन्दा बढी जग्गा महाकाली नदीपारि परेको महाकाली नदी नियन्त्रण आयोजना निर्देशक शोभाकर पौडेलले बताउनुभयो ।

पौडेलले भन्नुभयो,“ महाकालीमा बाढी आउँदा नदीले धार परिवर्तन गरेर दार्चुलाको गल्फै क्षेत्रको करिब एकहजार रोपनी जग्गा महाकाली नदीपारि परेको छ । खेल मैदान, वन कार्यालयको भवनलगायत सबै नदी पारि गएकाथिए । भारतले त्यही स्थानमा करिब ३० मिटर नेपाली भूमि मिचेर बाँध निर्माण गर्न थालेको हो । ” गोर्खापत्रअनलाइनबाट 

भर्खरै प्रकाशित

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…