विद्यालय खोल्ने कि बन्द गर्ने भन्नेबारे ठोस निर्णय हुन सकेन

काठमाण्डाै। कोरोना सङ्क्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच भएको छलफल निष्कर्षविहीन भएको छ ।

आज बिहान शिक्षा मन्त्रालयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा विद्यालयलाई सुरक्षित तरिकाले चलाउने विषयमा छलफल भएको छ । छलफलमा शिक्षा मन्त्रालयसहित अभिभावक महासङ्घ, प्याब्सन, एनप्याब्सन लगायत सहभागी थिए । बैठकमा अभिभावकहरुले जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु पर्ने माग गरेका छन् ।

‘सङ्क्रमण बढ्दै गएका ठाउँमा १ देखि ५ सम्मका कक्षा बन्द गर्न सुझाव दिएका छौ’- भण्डारीले भन्नुभयो- ‘जोखिम बढेका क्षेत्रमा अनलाइनमार्फत कक्षा सञ्चालन गर्न भनेका छौँ, तर यस विषयमा आज कुनै ठोस निर्णय हुन सकेन ।’

निजी विद्यालय सञ्चालकले भने अहिले नै विद्यालय बन्द गर्नु नपर्ने धारणा राखेका छन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खोल्नु पर्ने उनीहरुको जोड छ । स्वास्थ्य मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न सिफारिस गरेको छ। तर, निजी विद्यालयले भने यसको विरोध गर्दै आएका छन् ।

नेपालमा पछिल्लो समयमा बालबालिकामा कोरोनाको सङ्क्रमणको जोखिम बढ्दै गएको छ । गएको दुई हप्तामा १८ वर्षमुनिका दुई सयभन्दा धेरै जना सङ्क्रमित भएका छन् । बालबालिकालाई पाँच दिनसम्म लगातार १०४ डिग्री ज्वरो आए र झाडावान्ता भए तत्काल कोरोनाको परीक्षण गराउन डाक्टरले सुझाव दिएका छन् ।

भर्खरै प्रकाशित

स्वीस बैंकमा करिब ४६ अर्बको कालोधन प्रधानमन्त्री ओली निकट व्यापारीहरुको

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ ।…

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…