राष्ट्रिय झण्डा फहराउँदै धुर्मुस सुन्तली क्रिकेट रंगशालामा ५३ टिपर पुगेपछि

३० चैत, चितवन । पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो ।

आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण सामग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिएका हुन् । राष्ट्रिय झण्डा फहराउँदै र राष्ट्रिय गान बजाउँदै लाइन लागेर टिपरहरु रंगशालामा भित्रिएका थिए ।

व्यवसायीका तर्फबाट कार्यक्रम संयोजक बनेका तोया लम्सालले गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जनस्तरको सहयोगबाट बनेको नेपालीहरुको साझा धरोहर भएकाले यसलाई सकेको सहयोग गर्नुपर्ने बताए ।

‘यो महाअभियानमा सबैले सहयोग गर्नुपर्छ भन्ने भावका साथ कयौं किलोमिटर टाढाबाट सकेको सहयोग गर्न यहाँ आएका छौं,’ संयोजक ढकालले भने, ‘हरेक नेपालीबाट सकेको सहयोग गर्न सके रंगशाला बन्न धेरै दिन लाग्दैन ।’

निर्माण सामग्री बोकेर आएका टिपर चालक र व्यवसायीलाई स्वागत गर्दै धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेले हरेक नेपाली जनताको साझा धरोहर क्रिकेट रंगशाला भएकाले सहयोग गर्नुपर्ने बताए ।

फाउण्डेशनका अध्यक्ष कट्टेलले आर्थिक स्रोत सहज भएमा अबको केही महिनामा नै रंगशाला तयार हुने बताए । रंगशालामा अहिले स्टाण्ड ‘ए’ र स्टाण्ड ‘बी’को प्याराफिटको काम भैरहेको छ ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…