विद्यालय बन्द गर्नेबारे शिक्षा मन्त्रालय र सरोकारवालाबीच छलफल सुरु

३० चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिममा विद्यालय सन्चालन गर्ने कि खोल्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच छलफल सुरु भएको छ ।

महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि मन्त्रालयले सरोकारवालालाई बोलाएर छलफल गरेको हो । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयले मन्त्रालयमा छलफल जारी रहेको जानकारी दिएको छ ।

बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेको छ ।

बोर्डिङ स्कुलहरुको छाता संस्था प्याब्सनले भने सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताउँदै आएका छन् ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…