सिम्रिक एयरले आफ्नै खर्चमा निभायो शिवपुरी नागार्जुनको जंगलमा लागेको भीषण आगलागी

काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा आएको छ।

आइतबार बिहान पौने ९ बजे बुढानिलकण्ठ नगरपालिका-१ स्थित तैलुङबाट सुरू भएको आगलागी साँझसम्ममा नियन्त्रणमा आएको हो।

जंगलमा आगलागी भएपछि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा निकुञ्जका कर्मचारी गरी करिब दुई सय जना आगो नियन्त्रणमा खटिएका थिए। बुढानिलकण्ठ नगरपालिका र नेपाली सेनाकै दमकलबाट आगलागी नियन्त्रणमा लिने प्रयास गरियो। तर, दिनभर प्रयास गर्दा पनि नियन्त्रणमा नआएपछि हेलिकप्टरको सहायताले आगलागी नियन्त्रणमा लिइएको हो।

आगलागीको कारण र क्षति विवरण आइसकेको छैन।

‘जंगलभित्र ठूलो आगलागी भएको हो। मानवीय क्षति भने भएको छैन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले भने।

आगो नियन्त्रणका लागि सिम्रिक एयरको दुई वटा हेलिकप्टर प्रयोग गरिएको थियो। करिब दुई घण्टासम्म हेलिकप्टरले पानी खसालेपछि आगलागी नियन्त्रणमा आएको सिम्रिक एयरका फिल्ड इन्चार्ज रविन्द्र अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

‘हामीले आज करिब २ घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छौं,’ उनले भने।

सुरूमा हेलिकप्टरले बुढानिलकण्ठस्थित सब्रिना होटलको छतबाट पानी ओसारेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि  आगलागी भएको क्षेत्र र होटल टाढा भएपछि वासिखुस्थित माछापोखरीबाट पानी ओसारिएको अधिकारीले जानकारी दिए।

पोखरीबाट करिब २० बकेट पानी ओसारेर जंगलमा हालेपछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए।

‘स्थानीय, प्रहरी प्रशासन, सेनालगायतले आगलागी नियन्त्रणमा लिने धेरै प्रयास गरेका थिए। तर नभएपछि अप्ठेरो अवस्थामा हामीले ७ घण्टापछि आगलागी नियन्त्रणमा लियौं,’ इन्चार्ज अधिकारीले भने।

यसरी आगलागी नियन्त्रणमा लिन सिम्रिक एयर नेपालमा पहिलो हेलिकप्टर भएको उनले दाबी गरे। अधिकारीका अनुसार आगलागी नियन्त्रणमा लिन तालिम प्राप्त पाइलट खटिएका थिए।

स्विट्जरल्यान्डबाट तालिम लिएका पाइलटद्वय सिद्दार्थजंग गुरूङ र सुरेन्द्र पौडेलको कमाण्डमा आगलागी नियन्त्रण गरिएको हो।

यसरी आगलागी नियन्त्रण गर्दा कम्तीमा सात लाख भाडा खर्च लाग्ने भए पनि सिम्रिक एयरले त्यो खर्च आफैंले व्यहोरेको अधिकारीले जानकारी दिए। ‘ आज हाम्रो आगो निभाउने अपरेशनका लागि हेलिकप्टर लगभग दुई घण्टा उडेको छ। त्यसको कम्तिमा पनि सात लाख खर्च हुन्छ, तर हामीले सामाजिक उत्तरदायित्यको हिसाबले आफ्नै खर्चमा आगो निभाएका हौ।’

आगलागीले पछिल्लो वातावरणमा नै असर गरिरहेको हुनाले आफूहरूले सहयोग गरेको उनले जानकारी दिए।

‘हामीले यो फ्रि अफ कस्ट गरिदिएका हौं। सामाजिक उत्तरदायित्वको हिसाबले काठमाडौंको शिवपुरीजस्तो जंगलमा लागेको आगलागी नियन्त्रणमा लिनु हाम्रो दायित्व हो भनेर आफ्नै खर्चमा नियन्त्रणमा लिन अग्रसर भयौं,’ अधिकारीले सेतोपाटीसँग भने, ‘आगलागीले धेरै ठाउँमा वातावरण ध्वस्त बनाएको हुँदा हामीले यो काम गरेका हौं।’

यसअघि सिम्रिक एयरले पूर्वको पाथीभरा जंगलमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी झारेको थियो। उक्त समयमा पनि निःशुल्क सेवा दिएको अधिकारीले दाबी गरे।

भर्खरै प्रकाशित

स्वीस बैंकमा करिब ४६ अर्बको कालोधन प्रधानमन्त्री ओली निकट व्यापारीहरुको

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ ।…

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…