बोइलर कुखुराको मासुले पहिलो पटक नाघ्यो किलोको ४ सय रुपैयाँ

पछिल्लो समय कुखुराको मासुको मूल्य बढ्दै गएको छ। बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्।  लकडाउनमा प्रतिकिलो १ सय ८० रूपैयाँसम्म झरेको कुखुराको मासुको मूल्य अहिले ४ सय १३ रूपैयाँ पुगेको छ।

बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको भ्याली कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलले जानकारी दिए। उनका अनुसार विगत २–३ दिन देखि बजारमा कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको हो। यस अघि ३ सय ९८ रूपैयाँ कायम थियो।

पहिलो पटक कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको उनी बताउँछन्। ‘कुखुराको मासुको मूल्य अहिलेसम्म यति पुगेका थिएन, यो पहिलो पटक हो,’ उनले भने।

बजारमा उत्पादन कम हुनु र भएका उत्पादनमा पनि वर्डफ्लु तथा अन्य भाइरसका कारण नष्ट गरिएको हुँदा मूल्य बढेको हो। अहिले काठमाडौंमा ज्युँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ८० रहेको कुखुरा उत्पादक संघका अध्यक्ष झनक पौडेलले जानकारी दिए। त्यस्तै, तराईमा भने प्रतिकेजी २ सय ६० रूपैयाँ तोकिएको छ।

कुखुराको मासुको मात्रै होइन अण्डाको मूल्य पनि बढ्न सक्ने नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए। उनकाअनुसार प्रतिक्यारेट २० रूपैयाँसम्म बढ्न सक्ने छ। हाल अण्डा प्रति क्यारेट ३ सय ४० रूपैयाँ किसानले पाएका छन्।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…