साउदी अरबले भारतीको उडान रोकेपछि भारतीय कामदार काठमाडौंको रुट प्रयोग गर्दै

काठमाडौँ। साउदी अरबले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण भारतबाट हुने उडानमा रोक लगाएपछि भारतीय नागरिकहरु नेपाल आई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि साउदी अरब उडिरहेका छन् । भारतमा कोरोना संक्रमितहरु बढेपछि साउदी अरबले गत फेब्रुअरी महिनाको पहिलो सातादेखि भारतबाट सिधा उडान रोकेको थियो ।

साउदीले भारतलगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । फेब्रुअरी अघि विदामा घर आएका भारतीय कामदारहरुलाई साउदी रोजगारदाताहरुले रोजगारीमा फर्किन तो’केता गरेपछि उनीहरु नेपालको बाटो भएर साउदी जान सकिने एकीन गरेर काठमाडौं आएका हुन् ।

नेपाल र भारतबीच एक अर्का देशका नागरिक अन्तर्राष्ट्रिय उडानबाट तेश्रो देशमा हवाई यात्रा गर्दा सम्बन्धित देशको दूतावासबाट प्रदान गरिने नो अब्जेक्सन लेटरको प्रावधान लागू गरेका छन् । सोही अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न भारतीय कामदारहरुलाई नेपालस्थित भारतीय दूतावासबाट नो अब्जेक्सन लेटर आवश्यक पर्छ । साउदी अरब जाने भारतीय कामदारहरू नेपाल आएर १४ दिन होटलमा (क्वारेन्टिन) बसेर जाने गरेको बताइएको छ ।

नेपालबाट हाल हिमालय एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई र कतार एयरवेजले उडान गर्दै आएका छन् । हालसम्म हजारौं भारतीय कामदारहरु त्रिभुवन विमानस्थलबाट साउदी अरब गएपनि त्यसको एकीन तथ्यांक भने नराखिएको बताइएको छ । साउदी अरबले भारतीय यात्रुवाहक उडानमा प्र’तिबन्ध लगाएपछि हाल रि’त्ता भारतीय जहाज आफ्ना नागरिक लिन साउदी अरब जाने गरेका छन् । तर साउदी अरब जानुपर्ने भारतीय कामदार नेपालबाट उडिरहेका छन् ।

भारतीय कामदारहरु मात्र नभई बंगलादेशी नागरिकहरुले पनि नेपाललाई ट्रान्जिट बनाई नेपालको विमानस्थलबाट साउदी अरब उड्ने गरेको श्रोतले बतायो । साउदी अरबले नेपालबाट हुने उडानमा प्रति’बन्ध लगाएको छैन । तर भारतीय नागरिकहरुले सुरक्षित मानिएका नेपाली विमानस्थल प्रयोग गरे साउदी अरबले नेपालबाट हुने उडानबाट ख’तरा महसुस गर्न सक्ने कतिपयको आँकलन रहेको छ । फाइल तस्विर 

भर्खरै प्रकाशित

स्वीस बैंकमा करिब ४६ अर्बको कालोधन प्रधानमन्त्री ओली निकट व्यापारीहरुको

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ ।…

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…