नेपालमा गैँडाको सङ्ख्या बढेपछि मन्त्री आले खुशी

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा यस वर्ष एकसिङ्गे गैँडाको सङ्ख्यामा वृद्धि भएपछि खुशी व्यक्त गर्नुभएको छ । चितवनमा आज सार्वजनिक गरिएको राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजाले नेपालमा गैँडाको सङ्ख्यामा वृद्धि भएको देखाएपछि मन्त्री आलेले खुशी व्यक्त गर्नुभएको हो ।

पाँच वर्षअघिको तुलनामा यस वर्ष १०७ वटा गैँडा वृद्धि भएको छ । नेपालमा गैँडाको बासस्थानको सुरक्षा तथा आहाराका लागि सरकारले गरेको योगदान पछिल्लो समय सफल हुँदै गएको मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वन्यजन्तु संरक्षणको क्षेत्रमा नेपालले गरेको योगदान अहिले सफल हुँदै आएको छ, जसको परिणाम आज सार्वजनिक गरिएको गैँडाको सङ्ख्यामा देखियो ।” नेपालमा गैडाको सङ्ख्या अबका वर्षहरुमा पनि बढ्दै जाने मन्त्री आलेले विश्वास गर्नुभएको छ ।

यस वर्षको गणनामा नेपालमा एकसिङ्गे गैँडाको सङख्या ७५२ पुगेको छ । यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ र पर्सा वन्यजन्तु आरक्षमा तीनवटा गैँडा भेटिएका हुन् ।

 

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…