ज्याकमालाई दियो चीन सरकारले यती ठुलो सजाय

काठमाण्डाै । चीनको शक्तिशाली कम्पनी अलिबाबाले सरकारलाई दुइ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना बुझाएको छ । एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा सरकारले तोकेको जरिवाना तिरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको झण्डै ४ प्रतिशत रकम जरिवानामा बुझाएको खबरमा उल्लेख छ । चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेशन फर मार्केट रेगुलेशनले गएको डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो ।

अलिबाबाले चिनियाँ सामाजिक सञ्जाल वेइपोमार्फत सरकारको निर्णय मान्ने र व्यावसायिक सुधार गर्दै लैजाने बताएको रोयटर्सले जनाएको छ । अलिबाबा चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टल हो । यो कम्पनी चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।

अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक माले गएको वर्ष चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उहाँ र उहाँका व्यवसाय सरकारी निकायहरुको तारो बनेका हुन् ।

भर्खरै प्रकाशित

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…