बाघ लजालु हुन्छ, यस्तो अवस्थामा मात्रै गर्छ बाघले आ’क्रमण

‘जहाँ बाघ छ, त्यहाँको पर्यावरण स्वस्थ हुन्छ, अनि अरु धेरै वन्यजन्तुको पनि वासस्थान राम्रो हुन्छ,’राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका संरक्षण शिक्षा अधिकृत विष्णु श्रेष्ठले भने, ‘त्यसैले पर्यवरण स्वास्थ्य बनाउने अभियानमा लागेका छौं।’

जीवजन्तुको उच्च स्थानमा बाघ रहेको श्रेष्ठ बताउँछन्। शनिबार विश्व बाघ दिवसको सन्दर्भ कोट्याउँदै उनले बाघ पारिस्थितिक प्रणालीको उच्च प्रजाति भएको उल्लेख गरे।

बाघ पाइने ठाउँमा अरु प्रजाति सजिलै पाइन्छ । बाघ जहाँ छ, त्यो वातावरण स्वस्थ हुन्छ। त्यसैले यसवर्षको सातौं विश्व बाघ दिवसलाई ‘स्वस्थ्य पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित देशैभरका संरक्षणकर्मीले मनाएका छन्।

सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघ सम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ। २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ। अहिले बाघ पाइने हरेक निकुञ्ज र आरक्षमा बाघको संख्या बढेको अनुमान विभागको छ। अब लक्ष्य पुरा गर्ने नेपालमा २४२ बाघ बढाउनुपर्ने चुनौती छ।

यही बर्ष नेपाल र भारत दुबै देशले एकैसाथ बाघको गणना गरेर तथ्यंक निकाल्दै छन्। अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पुराहुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एबं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन्।

सन् २०१३ को राष्ट्रिय तथ्यांकअनुसार नेपालमा १९८ बाघमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छ। बाँकेमा ४, पर्सामा ७, शुक्लाफाँटामा १७ वटा बाघ छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहेकोमा अहिले बढेर ६२ पुगेको प्रमुख रमेश थापा बताउँछन्। बाघको संख्या बढाउन उसको वासस्थानसँगै आहाराप्रजाति समेत जोगाउन कार्यक्रम केन्द्रित गरेको थापा बताउँछन्। बाघ जोगाउनका लागि मुख्य समस्या चोरीशिकार हो। त्यसपछि वन विनास, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पुर्वाधार, जैविक मार्गका सडक लगायत समस्या छन्।

जलवायू परिवर्तनका कारणले पनि अहिले बाघले वासस्थान परिवर्तन गर्ने अवस्था देखिएकाले चुरे क्षेत्रको संरक्षणतर्फ पनि विभागले कदम चालेको बताउँछन् निकुञ्ज विभावका संरक्षण शिक्षा अधिकृत विष्णु श्रेष्ठ। सबैभन्दा बढी बाघ पाईएको चितवन निकुञ्जले अघिल्लो बर्ष विश्व मै बाघ संरक्षणका लागि उत्कृष्ट ‘क्याट अवार्ड’ समेत पाएको छ।

मुख्यगरी वासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसे मैदान, पानी पोखरी व्यवस्थापन तथा विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी संरक्षण अभियान चलाएकाले यो सफलता पाएको हो। चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल सीमित स्रोत साधनलाई अधिकतम प्रयोग गरेर सबैको हातेमालोबाट यो सफलता प्राप्त भएको उल्लेख गर्छन्।

पछिल्लो समयमा वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याको रुपमा आएको छ। हालै एउटा विज्ञ समूहले गरेको अध्ययनमा चितवन निकुञ्जका ५ प्रतिशत बाघहरुले मानवीय जोखिम बढाएको देखाएको छ। मुख्य कारण भने आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघहरु भएकाले तिनीहरुका लागि जाने मार्ग खुला गर्नुपर्ने अवस्था आएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्रमुख तथा बाघ विज्ञ डा चिरञ्जिवी पोखरेल बताउँछन्।

बाघ आफैंमा लजालु र मानिस देखे भाग्ने प्रजाति हो। ‘उसले आफ्नो क्षेत्र बनाउनका लागि जाने क्रममा बस्ती आइपुग्छ र जम्काभेट हुँदा मानिसमाथि आक्रमण गर्छ, बाघको आनिवानीबारे डा पोखरेलले भने ‘मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो।’ अब हामीले नै ऊ हिँड्ने बाटोलाई सहज पार्नुपर्ने तर्क डा पोखरेलको छ।

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…