दाङको प्रतिष्ठानमा पहिलोपटक कलेजोको जुकाको अण्डा शल्यक्रियाबाट निकालियो ! 

हिमाली पत्रिका 

दाङ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलोजोको समस्याले भर्ना भएको एक जना महिलाको शल्यक्रियागरी कलेजोमा रहेको जुकाको अण्डा सफलतापुर्वक सल्यक्रिया गरी निकालिएको छ ।

घोराही उपमहानगरपालिका अम्वापुरकि एक महिला विपना पुनको सफलतापुर्वक शल्यक्रियागरी जुकाको अण्डा निकालिएको प्रतिष्ठानको सर्जरी विभागले जनाएको छ । संभवतः यो पहिलो जटिल शल्यक्रिया हो ।

कलेजोको समस्याका कारण अस्पताल भर्ना भएकि विपनाको सिटिस्क्यान गर्दा कलेजोमा सिस्ट देखिएको थियो । कलेजोको विभिन्न भागमा देखिएका सिस्ट(पानीका फोका जस्ता देखिने)मा जुकाको अण्डा देखिएपनि शल्यक्रियाबाट ती अण्डा हटाइएको प्रतिष्ठानका सर्जन डा विशाल आचार्यले बताएका छन् । करीव साढे एक घण्टा लामो शल्यक्रियामा डा विशालसंगै सर्जन डा रवि आचार्य पनि संलग्न थिए । एनेस्थेसियामा डा राजन शाक्य, अन्जित केसी र अजित झा संलग्न थिए ।

सामान्यतया कलेजोको साइज १५ सेमिको हुन्छ । सो कलेजोमा कम्तिमा १२ सेमी आकारका अण्डा भरिएका थिए । मान्छेलाइ कुकुरको टोकाइबाट यस्ता जुकाका अण्डा सर्न सक्ने चिकित्सकहरुको अनुसन्धानमा उल्लेख छ । यस रोगलाइ स्वास्थ्य विज्ञानमा हाइडेटिड सिस्ट अफ लिभर भनिन्छ । यसरी कलेजोमा रहेको अण्डाका आकार बढ्दै गएमा पित्त नलिलाइ व्लक गरी कलेजोमा इन्फ्याक्शन हुने, कलेजोका नसाहरुलाइ नकारात्मक असर गर्ने तथा अण्डा कलेजोमै फुटेमा विरामीको ज्यान जाने जस्ता गम्भीर समस्या हुने पनि चिकित्सकहरुले बताएका छन् ।

शल्यक्रियाका क्रममै पनि अण्डा फुटेर कलेजोमै अण्डाबाट आएको रस मिसियो भने त्यसले पनि विरामीको ज्यान जान सक्ने हन्छ ।

‘हाम्रो टिमको अत्यन्तै सावधानीका कारण यो शल्यक्रिया सफल भएको हो, संभवतः यो प्रतिष्ठानमा गरिएको पहिलो शल्यक्रिया हो’, शल्यक्रियामा संलग्न चिकित्सक आचार्यले भने । यो शल्यक्रिया दुरवीन परविधिबाट सम्भव नहुने भएकाले चिरेरै गरिएको बताइएको छ ।

प्रतिष्ठानमा हाल पित्तथैलिमा पत्थरी परेको अवस्थामा शल्यक्रिया, मुत्र नदिमा पत्थरीको शल्यक्रिया तथा मुज्ञ थैलिमा रहेको पत्थरीको शल्यक्रिया, एपेण्डिसाइटिसको शल्यक्रिया, नसाका गांठागुंठीको शल्यक्रिया तथा हाइड्रोशिलको समेत सफल शल्यक्रिया हुंदै आएको छ ।

हाइड्रोशिलको शल्यक्रिया भने नेपाल सरकारको निति अनुसार निशुल्क हुंदै आएको प्रतिष्ठानले जनाएको छ । जनरल शर्जरीसंगै प्रतिष्ठानमा हाडजोर्नी भाचिएका, क्रयाक भएका लगायत जुनसुकै दुर्घटनामा हातखुट्टा भाचिएको अवस्थामा समेत शल्यक्रिया सफलतापुर्वक भैरहेको छ ।

प्रतिष्ठानमा शल्यक्रियाकैलागी कम्तिमा ४ वटा आधुनिक अपे्रशन थिएटरहरु निर्माण भैरहेका छन् । यी सवै अप्रेशन थिएटर सन्चालनसंगै प्रतिष्ठानमा निरन्तर आइसियु सेवा समेत सन्चालन गरीने तयारी भैरहेको प्रतिष्ठान प्रशासनले जनाएको छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…