कोरोनाको दोस्रो लहर टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेको छ

काठमाडौं– भारतमा आतंक मच्चाइरहेको कोरोना भाइरसको दोस्रो लहरले नेपालमा समेत जोखिम बढाइरहेको छ । यद्यपि, नेपालमा अझै पनि कोरोना भाइरसलाई जोखिमको रुपमा लिनेहरुको संख्या भने निकै कम छ ।

स्वास्थ्य मन्त्रालयले जोखिमबाट बच्नका लागि केही निर्देशनहरु त लागू गरेको छ, तर त्यसलाई गम्भिर रुपमा पालना गरिएको पाइएको छैन ।यसबीच वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा.अनुप बास्तोलाले फेसबुकमा एउटा स्टाटस लेख्दै कोरोनाको पछिल्लो डरलाग्दो जोखिमका बारेमा सचेत गराएका छन् :

डा. बास्तोलाको स्टाटस जस्ताको तस्तै :

नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ । विगत १० दिनयता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्षमुनिका बिरामी ५०५ कै हाराहारीमा छन् ।

जुन अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो । अहिले पत्ता लागेका संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या धेरै छ । यसको अर्थ, समुदायमा पत्ता लागेका भन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने हुन्छ ।

यी संकेतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो छाल व्यवस्थित भइसकेको पुष्टि गर्छ । टेकु अस्पतालको आईसीयूमा भर्ना हुने बिरामीको संख्या दिनानुदिन बढ्दो छ ।

पछिल्ला केही हप्ता संक्रमितको मृत्यु भएको छैन, तर अहिलेको सिकिस्त बिरामीको चाप यही गतिमा बढ्ने हो भने २–३ हप्ताभित्र मृत्युदर बढ्ने आँकलन गर्न सकिन्छ ।

पछिल्ला दिनमा प्रयोगशालामा गरिएका परीक्षणमा एस जिन टार्गेट फेलियर (एस जिन नेगेटिभ) को संख्या बढी देखिएको छ । यसले कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) समुदायमा फैलिरहेको छ भन्ने विश्वसनीय आधार दिन्छ ।

विश्वव्यापी उदाहरण हेर्ने हो भने, कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) बढी संक्रामक र मृत्युदर उच्च रहेको मान्ने आधार प्रसस्त छन् । कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगोजस्तो सल्किँदै गएको मान्न सकिन्छ ।

कोरोना भाइरसको पहिलो छालमा जेष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन् ।

त्यसैले सानोभन्दा सानो पनि लापरबाही नगरौं । लक्षण देखिनासाथ परीक्षण गरौं । धेरैभन्दा धेरै परीक्षण गरौं । हामी कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो छालको सँघारमा आइपुगेका छौं ।

जनघनत्व बढी भएका स्थानमा दोस्रो छाल टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेको छ । हामीले सुरक्षा मापदण्डको पालनामा हेलचेक्र्याइँ फिटिक्कै गर्नु हुँदैन । कोरोना भाइरसको दोस्रो छाल सम्भावित जोखिमसहित फैलियो भने, हामी अर्को भुँवरीमा पर्ने निश्चित छ ।

हामीले अझै व्यवस्थित र योजनाबद्ध तयारी गर्नुपर्ने हुन्छ । तसर्थ, भीडभाड रोकौं । बच्चाहरुलाई घरमै सुरक्षित राखौं, मापदण्ड पूर्ण पालना गरौं । आफू बचौं, अरुलाई पनि बचाऔं ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…